घिरिङ, जेठ २३
नेकपा एमाले घिरिङ गाउँ कमिटिको पदाधिकारी र सदस्यहरु छान्न बुधबार साँझ ५ बजेबाट निर्वाचन गरिएको छ । गत जेठ १९ गते भएको गाउँ कमिटिको अधिवेशनबाट सर्वसम्मत रुपमा नेतृत्व चयन गर्न नसकिएपछि बुधबार निर्वाचन गरिएको हो । गाउँ कमिटिको अध्यक्षमा भने सोही दिन सुमनकुमार श्रेष्ठ र खुल्ला उपसचिवमा प्रेम रानाभाट निर्विरोध निर्वाचित भएका थिए ।



उक्त दिन अन्य पदाधिकारी र सदस्यहरु सर्वसम्मत हुन नसकेपछि बुधबार वडा नम्बर ३ को पोखरीछापमा निर्वाचन गरिएको हो । गाउँ कमिटिको उपाध्यक्ष र सचिव तथा सदस्यका केही क्लष्टरमा आवश्यक भन्दा बढि उम्मेबादर भएपछि निर्वाचन गरिएको हो । यो विचमा सर्वसम्मतीको लागि नेताहरुले प्रयास गरेपनि त्यो सार्थक भएन ।

एमाले तनहुँको गत बैशाख अन्तिम साता सम्पन्न जिल्ला अधिवेशनमा नयाँ नेतृत्वको लागि भएको निर्वाचनको झल्को दिने गरि घिरिङ गाउँ कमिटिमा पनि निर्वाचन भएको छ ।
गाउँ कमिटिको उपाध्यक्षमा भुवनसिंह विक र विष्णुबहादुर राना, सचिवमा धनबहादुर राना र सुर्यप्रसाद सिग्देल उम्मेदबार बनेका छन् । त्यसैगरि वडा नम्बर १ को भुगोलमा १ महिला सहित २ जना चाहिनेमा ३ महिला सहित ८ जना उम्मेदबार बनेका छन् । त्यसैगरि अल्पसंख्यक खुल्लामा १ महिला सहित ३ जना चाहिनेमा २ महिला सहित ५ जना उम्मेदबार बनेका छन् ।

त्यसैगरि अन्य खुल्ला सदस्य तर्फ १० जना सदस्य चाहिनेमा २८ जना उम्मेदबार बनेका छन् । निर्वाचनमा १७७ जना मतदाता रहेका छन् । बुधबार साँझ मतदान सकिएपछि मतगणना गर्ने तयारी गरिएको छ ।












