इन्जिनियर कैनीको मत्यु प्रकरणः पीडित पक्षको माग सम्बोधन गर्न दवाव

Devghat Online

शेयर गरौ

दमौली, जेठ २३

व्यास नपा–१२ घर भएका व्यास नगरपालिकामा कार्यरत ईन्जिनियर प्रविण कैनीको सवारी दुर्घटनामा परि गत जेठ २१ गते भएको निधनपछि सिर्जित घटना अझै साम्य भएको छैन । पृथ्विराजमार्गको व्यास नपा–१ अग्रेनीमा पृथ्विराजमार्ग अन्र्तगत पूर्वि खण्ड तर्फको चाइनिज निर्माण कम्पनीको पानी टेंकरले ठक्कर दिँदा कैनीको निधन भएको थियो ।

सो घटनापछि आन्दोलिन भएका पीडित पक्ष र सडक निर्माणको ठेक्का पाएको चाईजिन कम्पनी चाइना कम्युनिकेशन कन्स्ट्रक्सन कम्पनी विच भएको छलफल बिना निश्कर्ष टुगिंएको छ । दुई पक्ष विच मंगलबार दिनभर वार्ता भएपनि वार्ताको क्रममा केही असामान्य घटना भएपछि बुधबार भने वार्ता हुन सकेन । मंगलबार जिल्ला प्रशासन कार्यालयमा भएको सर्वपक्षिय बैठकमा केही राजनीतिक दलका नेताहरु समेतकै संलग्नतामा आफुहरुमाथी अभद्र व्यवहार भएको भन्दै चाइनिज निर्माण कम्पनीले यस्तै व्यवहार भए अव वार्तामा नबस्ने बताएको छ ।

दुई पक्ष विच मृतक परिवारलाई दिने राहतको विषयमा कुरा मिलेको छैन । निर्माण कम्पनीले मृतक परिवारलाई कम्पनीको तर्फबाट २० लाख र तेश्रो पक्ष विमा वापतको ५ लाख गरि २५ लाख दिन तयार भएको छ भने मृतकका आफन्तबाट त्यो भन्दा धेरै रकम माग गरिएको हुँदा सहमती नभएको बुझिएको छ ।

यसैविच व्यास नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुले बुधबार पीडित परिवारलाई उचित क्षतीपुर्ती उपलब्ध गराउनु पर्ने माग गर्दै जिल्ला प्रशासन कार्यालय अगाडी नारावाजी गरेका थिए । सो क्रममा व्यास नगरपालिका कर्मचारी हकहित तथा सरोकार मञ्चले प्रमुख जिल्ला अधिकारी समक्ष माग पत्र समेत बुझाएको छ ।

उक्त ज्ञापनपत्रमा व्यास नगरपालिकामा कार्यरत लगनसील प्राविधिक जनशक्तिको क्षतिले समग्र राष्ट्रलाई नै अपुरणिय क्षति भएको र कार्यालयको कामको शिलसीलामा आफ्नो कर्तव्य र्निवाह गर्ने कममा दुर्घटनाबाट भएको मृत्युले हामी अत्यन्त मर्माहीत भएको जनाईएको छ । टेंकरको ठक्करबाट निजको हत्या भएको लामो समयसम्म पनि सम्बन्धित निकायबाट पिडीत पक्षको मागको उचित व्यवस्था नगरिएको हुँदा यस प्रती गम्भिर ध्यानार्कषण भएको जनाईएको छ ।

हालसम्म मृतकको दाहसंस्कारको समेत व्यवस्था हुनसकेको छैन । साथै निजको परिवारको निकै दयनिय अवस्था रहेको र सम्पूर्ण परिवारको जिम्मेवारी निज माथि नै रहेको भन्दै मागपत्रमा तत्काल पिडीत पक्षको मागलाई सम्बोधन गर्न बिषेश पहल गरिदीन माग गरिएको छ । मागको तत्काल उचित सम्बोधन नभए चरणवद्धरुपमा थप सशक्त विरोधका कार्यकम सन्चालन गर्ने समेत जानकारी गराईएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आबुँखैरेनीले सामुदायिक तथा सस्थांगत विद्यालयमा निशुल्क भर्ना गर्ने

तनहुँ । चैत ७ आबुँखैरेनी गाउँपालिकाले आगामी शैक्षिक सत्रमा सामुदायिक तथा संस्थागत विद्यालयमा निशुल्क भर्ना

एसइई परिक्षा सुरु

तनहुँ । चैत ७ माध्यमिक शिक्षा परिक्षा (एसइई) विहिबारबाट सुरु भएको छ । परिक्षा बिहान

स्वावलम्बन लघुवित्तले ३६ जना महिला सदस्यलाई दियो बाख्रापालन सम्बन्धी तालिम

तनहुँ । चैत ७ स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड डुम्रे शाखाको आयोजनामा तीन दिने व्यावसायिक

जिल्ला खेलकुद विकास समिति चितवन र पुष्पाञ्जली हस्पिटलबीच खेलाडीको उपचारमा छुटको सम्झौता

देवघाट अनलाइन चितवन, चैत ७ । चितवन जिल्लाका खेलाडी तथा परिवारको उपचार खर्चमा पुष्पाञ्जली हस्पिटलले