व्यासको पुनःमतगणना गर्ने उच्चको फैसलाविरुद्ध मेयर वैकुण्ठ सर्वोच्चमा

Devghat Online

शेयर गरौ

दमौली, जेठ २४

व्यास नगरपालिकाको पुनःमतगणना गर्ने उच्च अदालत पोखराको फैसलाविरुद्ध मेयर वैकुण्ठ न्यौपाने सर्वोच्च पुगेका छन् । एमाले समर्थनमा मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका दीपकराज जोशीको रिटमाथि उच्चले निर्वाचन भएको २ वर्षपछि पुनःमतगणना गर्ने फैसला गरेको थियो ।

गत जेठ १ गते जोशीको पक्षमा फैसला गर्दै असार २ गते पुनःमतगणना गर्ने व्यवस्था मिलाउन उच्च अदालतका रजिस्ट्रारलाई निर्देशन जारी गरेको थियो । तनहुँबाट शिलबन्दी गरेर राखिएको मतपत्र पोखरा ल्याएर मतगणना गर्ने तयारी थियो ।

तर, उच्चको फैसला नै त्रुटिपूर्ण रहेको भन्दै उच्चको फैसला बदर गर्न माग गर्दै मेयर न्यौपाने बिहीबार सर्वोच्च पुगेका हुन् ।
निर्वाचन कसुर तथा ऐन अन्तर्गत उच्चले मुद्धा दर्ता गरेर पहिलो सुनुवाइ भएसँगै त्यसको स्वभाविक हिसाबले सर्वोच्चमा पुनरावेदन लाग्ने तर उच्चले अर्कै दफा प्रयोग गरेर पुनरावेदन नै नलाग्ने फैसला गरेको आरोप मेयर न्यौपानेको छ ।

निर्वाचन कसुर तथा ऐन अन्तर्गत उच्चले मुद्धा दर्ता गरेर पहिलो सुनुवाइ भएसँगै त्यसको स्वभाविक हिसाबले सर्वोच्चमा पुनरावेदन लाग्ने तर उच्चले अर्कै दफा प्रयोग गरेर पुनरावेदन नै नलाग्ने फैसला गरेको आरोप मेयर न्यौपानेको छ ।

नेकपा एमालेको समर्थनमा स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीका छोरा दीपकराजले धाँदली भएको भन्दै मतपरिणाम रद्ध गरेर पुनःमतगणना गर्न २०७९ जेठ १२ गते उच्चमा रिट हालेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढी पीडितको सम्झना र घाइतेको स्वास्थ्य लाभको कामना गर्दै देवघाटमा सामूहिक गीतापाठ गरिने

देवघाट । भदौ २१ भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण, बेपत्ता

६ जना फसेको सूचना आएको भन्दै रास्वपा सांसद श्रीराम न्यौपाने चिलिमे हिँडे

काठमाडौं । भदौ २१ सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का इन्जिनियर सांसद श्रीराम न्यौपाने फेरि सुरुङ