एमाले बन्दिपुरको अध्यक्षको लागि शुक्रबार विहान मतदान हुने

Devghat Online

शेयर गरौ

बन्दिपुर, जेठ २४

नेकपा एमाले बन्दिपुर गाउँ कमिटिको अध्यक्ष पदको लागि शुक्रबार विहान मतदान हुने भएको छ । गत मंगलबार भएको गाउँ कमिटिको नवौं अधिवेशनमा अध्यक्ष पदमा सर्वसम्मत नभएपछि शुक्रबार विहानको लागि मतदानको मिति तोकिएको थियो ।

अध्यक्ष पदमा शान्ति कुवर र रवि श्रेष्ठले उम्मेदबार दिएका छन् । कुवर निवर्तमान जिल्ला कमिटि सदस्य हुन् भने श्रेष्ठ गाउँ कमिटिका सचिव हुन् । मतदान विहान ८ बजेबाट बन्दिपुर गाउँपालिका–४ स्थित होटल सौर्यमा हुने जिल्ला कमिटिका सदस्य सुरेन्द्र बहादुर थापाले जानकारी दिए । मतदानमा गाउँ अधिवेशनका १०५ जना प्रतिनिधिहरुले भाग लिनेछन् ।

अधिवेशनबाट उपाध्यक्षमा अमिर गुरुङ, सचिवमा विजय राना र उपसचिवद्वयमा आशिषकुमार जोशी र विष्णुमाया भट्टराई चयन भएका थिए । त्यसैगरि सदस्यहरुमा मिमबहादुर गुरुङ, तामप्रसाद भट्ट, सुमित्रा मरहट्ठा लामिछाने, धर्मराज भट्टराई, कृष्णमाया थापा, जेनिसा विक, हरिकाशी गुरुङ, राजु खड्गी, भिमबहादुर घले, दानबहादुर थापा, दिपेन्द्र कपाली, गंगा शुयल, चवल बहादुर गुरुङ, बलबहादुर गुरुङ, विजया अधिकारी, सुजन श्रेष्ठ, सुरज बानिया, कुसुम सुनार, विष्णुमाया सुनार, योगेन्द्र गुरुङ, सावित्री गुरुङ, दिलबहादुर थापा, विवेक जोशी, हरिप्रसाद विक, चिजकुमार गुरुङ, मोनीका गुरुङ, रोशनी बराकोटी, विशोर श्रेष्ठ, विपिन प्रधान र सुर्यकुमार श्रेष्ठ रहेका छन् ।

यसैगरि लेखा कमिटिको संयोजकमा पशुपती भट्टराई र सदस्यहरुमा टिकाराम लामिछाने र सान्नानी खड्किनी चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँमा राष्ट्रिय आर्थिक गणना २०८२ सम्पन्न, १७ हजार ९४८ प्रतिष्ठानको तथ्याङ्क संकलन

तनहुँ । असार ९ राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर सञ्चालन गरेको राष्ट्रिय आर्थिक गणना २०८२ को

सिद्ध गुफाः “पृथ्वीको गर्भभित्र लुकेको स्वर्ग, जहाँ प्रकृतिले हजारौँ वर्ष लगाएर लेखेको छ अद्भुत इतिहास”

विष्णु मगर । देवघाट, असार ९ तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–४, विमलनगरमा अवस्थित सिद्ध गुफा नेपालकै

सिटिजन्स बैंक लि.को सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय आविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

देवघाट । असार ८ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नारायणगढ शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चितवनको