इन्जिनियर मृत्यु प्रकरणः दुई पक्ष विच सहमती

Devghat Online

शेयर गरौ

दमौली, जेठ २४

व्यास नपा–१२ घर भएका व्यास नगरपालिकामा कार्यरत ईन्जिनियर प्रविण कैनीको सवारी दुर्घटनामा परि गत जेठ २१ गते भएको निधनपछि सिर्जित घटनामा दुबै पक्ष विच सहमती भएको छ । विहिबार दिउँसो जिल्ला प्रशासन कार्यालयमा भएको बैठकमा पीडित परिवारलाई राहत उपलब्ध गराउने रकमको विषयमा दुबै पक्ष विच सहमती भएको हो ।

सो घटनापछि आन्दोलित भएका पीडित पक्ष र सडक निर्माणको ठेक्का पाएको चाईजिन कम्पनी चाइना कम्युनिकेशन कन्स्ट्रक्सन कम्पनी विच विहिबार समहती भएको हो । सहमती अनुसार चाइनिज कम्पनीले पीडित परिवारलाई विमाको रकम सहित ३० लाख राहात उपलब्ध गराउने भएको छ । त्यसैगरि कैनीको घरको एक जनालाई आयोजनामा रोजगारी दिने र चालकलाई हदैसम्मको कानुनी कारबाही गर्ने सहमती भएको छ ।

उक्त सहमती पछि मृतकको परिवारले शव बुझेका छन् । शवको विहिबार पोष्टमार्टम भएको र शुक्रबार विहान दमौली घाटमा दाहासंस्कार गर्ने जनाईएको छ ।

सोमबार दिउँसो २ बजे व्यास नगरपालिका वडा नम्बर १ मुसेखोला स्थित पृथ्वीराजमार्गमा पानी हालेर दमौली तर्फ फर्कदै गरेको बा.प्र.०१–००१ अ.य.००३९ नम्बरको पानी ट्याङकरले सोही दिशा तर्फ आउदै गरेको ग १९ प ८३०३ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालक व्यास नगरपालिका वडा नम्बर १२ घर भएका २९ बर्षिय कैनीको घटनास्थलमै मृत्यु भएको थियो ।

ट्यांकर चालक प्रहरी नियन्त्रणमा रहेको र उनलाई कानुनी कारवाहीको प्रक्रिया सुरु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बन्दीपुरलाई राष्ट्रिय रुपमा परिचित गराउन तीज सप्ताहन्न उत्सव सफलः सांसद न्यौपाने

बन्दीपुर, भदौ २२ राष्ट्रिय सभाकी सांसद एवं राष्ट्रिय सभामा सत्तापक्षकी प्रमुख सचेतक भगवती न्यौपानेले तनहुँको