एमाले अध्यक्ष ओली भोलि चितवन आउने, जिल्ला कमिटीको सपथग्रहण समारोहलाई सम्बोधन गर्ने

Devghat Online

शेयर गरौ

भरतपुर, जेठ २४

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली भोलि (शुक्रबार) चितवन आउने भएका छन् । एमाले चितवनको ११ औं जिल्ला अधिवेशनबाट निर्वाचित अध्यक्ष, पदाधिकारी तथा सदस्यहरुको सपथग्रहण समारोहलाई सम्बोधन गर्न ओली चितवन आउन लागेका हुन् ।

नवनिर्वाचित सचिव प्रकाश ढुंगानाका अनुसार भोलि होटल ग्यालेक्सीमा बिहान ११ बजेबाट कार्यक्रम प्रारम्भ हुनेछ । कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको ढुंगानाले जानकारी दिए । कार्यक्रम अनुसार प्रमुख निर्वाचत अधिकृत जगन्नाथ भण्डारीले नवनिर्वाचित अध्यक्ष पाठकलाई सपथग्रहण गराउनेछन् । भने अध्यक्ष पाठकले पदाधिकारी तथा सदस्यहरुलाई सपथग्रहण गराउनेछन् ।

सो कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली सहित केन्द्रीय नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको ढुंगानाले बताए । उनले पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरुलाई कार्यक्रममा उपस्थितिका लागि आव्हान समेत गरे ।

एमाले चितवनको ११ औं अधिवेशन गत १६ गते सम्पन्न भएको थियो । सपथग्रहणसँगै नवनिर्वाचित कार्यसमितिले आफ्नो जिम्मेवारी सम्हाल्ने छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

सिद्ध गुफाः “पृथ्वीको गर्भभित्र लुकेको स्वर्ग, जहाँ प्रकृतिले हजारौँ वर्ष लगाएर लेखेको छ अद्भुत इतिहास”

विष्णु मगर । देवघाट, असार ९ तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–४, विमलनगरमा अवस्थित सिद्ध गुफा नेपालकै

सिटिजन्स बैंक लि.को सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय आविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

देवघाट । असार ८ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नारायणगढ शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चितवनको