एमाले व्यास नगरको नेतृत्व चुन्न निर्वाचन

Devghat Online

शेयर गरौ

दमौली, जेठ २६

नेकपा एमाले व्यास नगर कमिटिको नयाँ नेतृत्वको लागि निर्वाचन गरिएको छ । शुक्रबारदेखी सुरु भएको नगर कमिटिको दोश्रो अधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनको लागि शनिबार निर्वाचन साँझबाट निर्वाचन गरिएको हो । मतदान राती ८ बजे सकिएको थियो । मतपरिणाम आईतबार विहानसम्म आईसक्ने जनाईएको छ ।

अध्यक्षमा तुल्सीराम पाण्डे र ललित बहादुर पाण्डेले उम्मेदबारी दिएका छन् । तुल्सीराम हालका नगर कमिटिका उपाध्यक्ष हुन् भने ललित गत जिल्ला अधिवेशनमा जिल्ला कमिटिको सदस्यमा पराजित भएका थिए । त्यसैगरि उपाध्यक्षमा चिजबहादुर गुरुङ, विष्णु पोख्रेल र अजुर्न श्रेष्ठले उम्मेदबारी दिएका छन् ।

त्यसैगरि सचिवमा रामचन्द्र अधिकारी र जुननारयण श्रेष्ठ, खुल्ला उपसचिवमा सुदिप पौडेल र टोपबहादुर परियार तथा महिला उपसचिवमा जौमाया रायमाझी, मन्जु अधिकारी र मालिका पन्थले उम्मेदबारी दिएका छन् । सदस्यहरु भने सबै क्लष्टरमा सर्वसम्मती भएको बताईएको छ । निर्वाचनमा २०५ जना प्रतिनिधिले भाग लिएका छन् ।

व्यास नगर कमिटिका अध्यक्ष बिरेन्द्रबहादुर अधिकारीको अध्यक्षतामा भएको अधिवशेनको नेकपा एमालेका स्थायी कमिटिका सदस्य किरण गुरुङ्गले उद्घाटन गरेका थिए । अधिवेशन उद्घाटन कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सल्लाहाकारद्वय एकबहादुर राना र नरेन्द्रराज वाग्ले, पुर्व केन्द्रिय सदस्य प्रतापलाल श्रेष्ठ, जिल्ला अध्यक्ष हरिराज कडेंल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो