दमौली, जेठ २६
नेकपा एमाले व्यास नगर कमिटिको नयाँ नेतृत्वको लागि निर्वाचन गरिएको छ । शुक्रबारदेखी सुरु भएको नगर कमिटिको दोश्रो अधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनको लागि शनिबार निर्वाचन साँझबाट निर्वाचन गरिएको हो । मतदान राती ८ बजे सकिएको थियो । मतपरिणाम आईतबार विहानसम्म आईसक्ने जनाईएको छ ।
अध्यक्षमा तुल्सीराम पाण्डे र ललित बहादुर पाण्डेले उम्मेदबारी दिएका छन् । तुल्सीराम हालका नगर कमिटिका उपाध्यक्ष हुन् भने ललित गत जिल्ला अधिवेशनमा जिल्ला कमिटिको सदस्यमा पराजित भएका थिए । त्यसैगरि उपाध्यक्षमा चिजबहादुर गुरुङ, विष्णु पोख्रेल र अजुर्न श्रेष्ठले उम्मेदबारी दिएका छन् ।
त्यसैगरि सचिवमा रामचन्द्र अधिकारी र जुननारयण श्रेष्ठ, खुल्ला उपसचिवमा सुदिप पौडेल र टोपबहादुर परियार तथा महिला उपसचिवमा जौमाया रायमाझी, मन्जु अधिकारी र मालिका पन्थले उम्मेदबारी दिएका छन् । सदस्यहरु भने सबै क्लष्टरमा सर्वसम्मती भएको बताईएको छ । निर्वाचनमा २०५ जना प्रतिनिधिले भाग लिएका छन् ।
व्यास नगर कमिटिका अध्यक्ष बिरेन्द्रबहादुर अधिकारीको अध्यक्षतामा भएको अधिवशेनको नेकपा एमालेका स्थायी कमिटिका सदस्य किरण गुरुङ्गले उद्घाटन गरेका थिए । अधिवेशन उद्घाटन कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सल्लाहाकारद्वय एकबहादुर राना र नरेन्द्रराज वाग्ले, पुर्व केन्द्रिय सदस्य प्रतापलाल श्रेष्ठ, जिल्ला अध्यक्ष हरिराज कडेंल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।