म्याग्देको नीति तथा कार्यक्रमः गाँउपालिकालाई स्मार्ट र नगरोन्मुख बनाईने

Devghat Online

शेयर गरौ

दमौली, असार ६

म्याग्दे गाँउपालिकाको आगामी आर्थिक वर्ष ०८१।०८२ को निती तथा कार्यक्रम पारित भएको छ । विहिबार अयाोजित गाउँसभाको १६ औं अधिवेशनमा गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले प्रस्तुत गरेको नीति तथा कार्यक्रम सर्वसम्मतीले पारित भएको हो ।

नीति तथा कार्यक्रममा म्याग्दे गाउँपालिकालाई आगामी पाँच वर्ष भित्रमा स्मार्ट र नगरोन्मुख बनाइने लक्ष्य लिईएको छ । गाँउपालिकालाई स्मार्ट तथा नगरोन्मुख बनाउन ५ वर्ष भित्र निरन्तर कार्यान्वयन गर्ने गरि लागत साझेदारीमा भवन निर्माण तथा सडक कालोपत्रे, अध्यक्ष र उपाध्यक्षसँग जनता कार्यक्रम, एक घर एक व्यवसाय तथा स्वरोजगार कार्यक्रम, अति गरिब विपन्न आवास निर्माण योजना, ढल सडक सरसफाई, खानेपानी, गुणस्तरीय शिक्षा, स्वास्थ्यको उच्चतम प्रयोग, मानव संसाधन विकास, सुचना प्रविधिको उच्चतम प्रयोग, आर्थिक समाजिक रुपान्तरण, उत्पादन तथा उत्पादकत्व वृद्धिमा जोड दिई जलवायु र वातावरण मैत्री दिगो विकास गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

गाँउसभाले क्षेत्रगत रुपमा विभिन्न नीतिहरु पारित गरेको छ । जस अन्तरगत कृषि विकास तथा कृषि प्रसारलाई प्रोत्साहन गर्न उपाध्यक्षसँग कृषि कार्यक्रम सन्चालन गरिने भएको छ । त्यस्तै आली देखि नालीसम्म, खाद्य स्वच्तता कायम गर्न वसे पनि शहर गाँउकै खाने रहर नारा लाई व्यवहारिक कार्यन्वयनका लागी कोदोको मम,कोदोको सेल, कोदाको रक्सी, फापरको रोटी, सिस्नुको सुप, बेलको जुस उत्पादन, वजारीकरण गरिने उल्लेख गरिएको छ ।

यसैगरि पशुसेवा तथा प्रसार कार्यक्रम अन्तरगत अध्यक्षसँग पशु सेवा कार्यक्रम सन्चालन गरिने भएको छ भने घरेलु तथा साना उद्योग तर्फका विभिन्न कार्यक्रमहरु समावेश गरिएकाछन् । जसमा स्थानीय सीप श्रोत, साधन एवं प्रविधिको प्रयोगलाई वढावा दिईने, व्यवसायिक उत्पादन गर्न अग्रसर गराउने उल्लेख गरिएको छ । स्थानिय वन पैदावर, प्राकृतिक स्रोत साधन, जडिवुटिमा आधारित उद्योगहरु स्थापना गर्ने उल्लेख गरिएको छ ।

निती तथा कार्यक्रममा पर्यटन, सहकारी विकास, वैक तथा वित्तिय क्षेत्रका विषय समेटिएका छन् । समाजिक विकास समिती तर्फ शिक्षा क्षेत्रलाई प्राथमिकता दिईएको छ भने साथीवाट सिक्ने, साथीलाई सिकाउने कार्यक्रमलाई विशेष महत्व दिईने उल्लेख गरिएको छ । स्वास्थ्य क्षेत्र तर्फ म र मेरो स्वास्थ्य मेरो जिम्मेवारी भन्ने नारालाई स्वास्थ्यको मुल आधार वनाईने उल्लेख गरिएको छ ।

यसैगरि युवा तथा खेलकुद, महिला तथा वालवालिका र लक्षित वर्गको उत्थानमा विेशष जोड दिएको छ । अपाङ्गता, जेष्ठ नागरिक र अन्य तर्फका कार्यक्रमलाई उपाध्यक्षसँगको कार्यक्रममा जोडी अगाडी वढाईने उल्लेख गरिएको छ । खानेपानी तथा सरसफाई र फोहारेमैला व्यवस्थापन तर्फ प्रदेश सरकार र गाँउपालिकाको एउटै नाराको रुपमा रहेको एक घर एक धाराको नितिलाई अवलम्वन गरिने उल्लेख गरिएको छ ।

भाषा र संस्कृतिक र साहित्य तर्फ स्थानिय मौलिक सांस्कृतिक पर्यन र उत्पादन सँग जोडेर विकास गरिने उल्लेख गरिएको छ भने गैसस, नीजि क्षेत्र, सहकार्य साझेदारी कार्यक्रमलाई निरन्तरता दिईने उल्लेख छ । त्यसैसगरि समग्र पुर्वाधार जन्य कार्य प्रक्रियाको सम्वन्धमा निति तथा कार्यक्रममा समेटिएको छ भने, सडक तथा पुल कल्भर्ट र झोलुङ्के पुल निर्माण, भवन तथा शहरी विकास तर्फका कार्यक्रमहरु समावेश गरिएका छन् । पालिकामा जग्गा चक्लावन्दी तथा वस्तीविकास योजना लाई व्यवस्थित गरिने, विद्युत तथा उर्जा क्षेत्रलाई प्रभावकारी वनाईने, सिंचाईलाई व्यवस्थित गरिने, संचार र प्रविधिको भरपुर प्रयोग गरिने निती तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

त्यसैगरि वन, तथा वातावरण को क्षेत्र विपद व्यवस्थापन, भुमि व्यवस्थापनको क्षेत्रलाई निती तथा कार्यक्रमले विशेष जोड दिएको छ । न्यायिक सम्पादन तर्फ राजश्व परिचालनलाई प्रभावकारी वनाउने, वित्तीय अनुशासन कायम गर्ने, समाजिक सुरक्षाको क्षेत्रलाई ध्यान दिने उल्लेख गरिएको छ । यसैगरि लोकप्रिय कार्यक्रमलाई निती तथा कार्यक्रमले विशेष ध्यान दिने उल्लेख गरिएको छ । गाँउसभाको दोश्रो बैठकमा आगामी असार १० गते आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरिने कार्यक्रम रहेको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गण्डकी कोटिहोमः बुद्ध पूर्णिमा विशेष समारोह, आजसम्म ५०० बटुकको ब्रतबन्ध १०० जेष्ठ नागरिकको चौरासी पूजा

पोखरा । बैशाख २९ पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज

कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर गिभर तालिम सम्पन्न

अन्जान परियार । घरिङ, बैशाख २९ घिरिङ गाउँपालिका–१ पुट्टारमा रहेको कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर

घिरिङको कृष्ण माविमा शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण सम्बन्धी कार्यशाला

तनहुँ । बैशाख २९ घिरिङ गाउँपालिका–१ स्थित कृष्ण माध्यमिक विद्यालयमा आधारभूत तहमा अध्यापनरत शिक्षकहरूका लागि