सव–डिभिजन वन कार्यालय देवघाटद्वारा निशुल्क विरुवा वितरण

Devghat Online

शेयर गरौ

देवघाट, असार ९

सव डिभिजन वन कार्यालय देवघाटले विभिन्न प्रजातीका विरुवा वितरण सुरु गरेको छ । सव डिभिजन वन कार्यालयको परिसरमा रहेको वन नर्सरीमा उत्पादित विभिन्न प्रजातीका बहु वर्षिय विरुवाहरु गत असार ७ गतेबाट निशुल्क वितरण भईरहेको सव डिभिजन वन कार्यालयले जनाएको छ ।

इच्छुक सामुदायिक वन उपभोक्ता समुह, कबुलियती वन समुह, व्यक्ति, फर्म, नीजि वन धनी, संघ संस्था एवं सरोकारवालाहरुलाई विरुवा लिन आउन हुन कार्यालयले अनुरोध गरेको छ ।

कर्यालयले यस वर्ष तेजपात, जामुन, गुलाफजामुन, म्याङ्गोगस्टिक, वेल, अशोका, हर्राे, पिपल र बिजयसालका विरुवा वितरण गरिएको कार्यालयले जनाएको छ । यी विरुवाहरु सिमित संख्यामा रहेको हुँदा यथाशिघ्र सम्पर्क राख्नपनि सव डिभिजन वन कार्यालयले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

प्रकाश पन्थद्वारा कांग्रेस केन्द्रीय सदस्य अपाङ्गता क्लस्टरमा उम्मेदवारी

तनहुँ । असोज २० नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश पन्थले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले