‘घुम्न जाउँ बन्दिपुर’ कार्यक्रमलाई निरन्तरता दिइने

Devghat Online

शेयर गरौ

बन्दिपुर, असार १५

तनहुँको बन्दिपुर गाउँपालिकाले आन्तरिक पर्यटकलाई बन्दिपुरमा आकर्षित गर्न ‘घुम्न जाउँ बन्दिपुर’ सम्बन्धी प्रबद्र्धनात्मक कार्यक्रम सन्चालन गर्ने भएको छ । काठमाडौं, पोखरा, बिराटनगर जस्ता ठुलो शहरमा उक्त कार्यक्रम सन्चालन गरिने बन्दिपुरको योजना छ ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा बन्दिपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले पर्यटनलाई आम्दानीको मुख्य श्रोत ठान्दै धेरै भन्दा धेरै पर्यटक भित्र्याउन विभिन्न कार्यक्रम गरिने बताए । विशेष संरक्षित क्षेत्र तथा पौराणिक शहरको रुपमा रहेको बन्दिपुर बजारलाई थप आकर्षक बनाउन विशेष पौराणिकता झल्नके कार्यक्रम सन्चालन गरिने अध्यक्ष थापाले बताए ।

गन्डकी प्रदेशको दोश्रो पर्यटकीय गन्तव्य एवं पाहाडकी रानीको नामले परिचित बन्दिपुरका ६ वटै वडाका पर्यटकीय स्थलको दिगो विकासकालागि बन्दिपुर गाउँपालिका पर्यटकीय केन्द्र बनाईने भएको छ । साथै बन्दिपुरमा रहेका होमस्टेहरुको संरक्षण र सम्बद्र्धनकोलागि होमस्टे सर्किटको विकास गरिने भएको छ । बन्दिपुरमा प्याराग्लाडिङ, जिप लाईन, जिप फ्लाईङ जस्ता सहासिक खेलहरुको सम्भाव्यता अध्ययन गरिने पनि अध्यक्ष थापाले बताए ।

सभ्य समाजको गाउँ–बन्दिपुर घुम्न जाऔं भन्ने नारालाई सार्थक बनाउन पर्यटक लक्षित कार्यक्रम सन्चालन गरिने भएको छ । बन्दिपुर गाउँपालिका भित्र रहेका विभिन्न पर्यटकीय स्थलहरुको बारेमा जानकारी दिन विभिन्न भाषामा क्यु आर कोर्डको व्यवस्था गरिएको छ ।
पर्यटकीय स्थलको रुपमा रहेको बन्दिपुरको पर्यटनलाई कृषिसँग जोड्न रैथानेबालीको संरक्षण र प्रबद्र्धनको कार्यक्रम अघि सारिएको गाउँपालिकाका अध्यक्ष थापाले बताए । एग्रो टुरिजमको नीति मार्फत पर्यटनलाई कृषिसँग आवद्ध गरिने नीति लिईएको गाउँपालिकाले जनाएको छ ।

यसैगरि पर्यटनको विकासकोलागि बान्दिपुर गाउँपालिका भित्र रहेका पर्यटकिय गन्तव्यहरूमा क्रमशः आउटडोर जिमको विस्तार गरिने तथा पर्यटन क्षेत्रहरुमा रहेका प्राकृतिक शिलाहरुलाई थप आकर्षक बनाइने भएको छ । गाउँपालिका भित्र रहेका पौराणिक चौतारा ठाँटी एवंम् बगैचाहरुको संरक्षण सम्वर्धन र प्रवद्र्धन गरिने कार्यक्रम सन्चालन गरिनेछ ।

बन्दिपुरको पच्चिस पोखरी ताल पार्कको निर्माण कार्य यसै वर्ष सुरुवात गरिने तथा वृहत झप्री फाँट जलाशय र देवि थुम्का जलाशय निर्माणको सम्भाव्यता अध्ययन कार्य अगाडी बढाइने गाउँपालिकाले जनाएको छ । बन्दिपुरका युवाहरुलाई पर्यटन व्यवसायप्रती आकर्षित गर्न विभिन्न सिपमुलक कार्यक्रमहरु संचालन गरिनेछ भने पर्यटन पूर्वधारको विकास गरी ‘बन्दिपुरको हरेक गाउँ, पर्यटकीय ठाउँ’ को रुपमा प्रवद्र्धन गराईने भएकोछ ।

गाउँपालिकाभित्र रहेका पर्यटनसँग आवद्ध संस्थाहरूलाई सक्रिय र सङ्गठित बनाउँदै पर्यटन गतिविधि सञ्चालन गरिने, उज्यालो बन्दिपुर अन्तर्गत उज्यालो पर्यटकिय गाउँ अभियानलाई निरन्तरता दिइने तथा सिद्ध गुफा, पातलद्वारी गुफा, हुस्लाङकोट दरबार, मुकुन्देश्वरी पदमार्ग, चन्द्रकोट गढी, थानीमाई, भुकभुके पर्यटकीय क्षेत्र लगायतका पर्यटकीय स्थलहरुको संरक्षण, सम्वर्द्धन र प्रवद्र्धन गर्ने नीति लिईएको गाउँपालिकाका अध्यक्ष थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भानु जयन्तीको अवसरमा चुँदी रम्घामा विशेष कार्यक्रम, भानु जन्मस्थलको विकासकोलागि पहल गर्ने सांसद न्यौपानेको प्रतिबद्धता

दमौली, असार २९ नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २११ औँ जन्मजयन्तीको अवसरमा शनिबार देश तथा

आज भानु जयन्ती मनाईदै

दमौली, असार २९ नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २११ औँ जन्मजयन्ती आज देश तथा विदेशका

देवघाट गाउँपालिका आफ्नै भवनमा सर्ने प्रक्रिया सुरु, सुभसाईत पारी रुद्राभिषेक र अग्निस्थापना

देवघाट, असार २७ देवघाट गाउँपालिका आफ्नै भवनमा सर्ने प्रक्रिया सुरु भएको छ । वडा नम्बर