रोपाई महोत्सव गरि राष्ट्रिय धान दिवस मनाइयो (फोटो फिचर)

Devghat Online

शेयर गरौ

दमौली, असार १५

शनिबार राष्ट्रिय धान दिवसको अवसरमा तनहुँका विभिन्न स्थानीय तहमा रोपाई महोत्सवको आयोजना गरियो । आबुँखैरेनी, बन्दिपुर व्यास, भानु, म्याग्दे, शुक्लागन्डकी तथा भिमाद नगरपालिकामा विभिन्न संघ संस्थाको आयोजनामा रोपाई महोत्सको आयोजना गरियो ।

आबुँखैरेनी गाउँपालिकाको सहयोग र राष्ट्रिय लोकदोहोरी गित प्रतिष्ठान जिल्ला कार्यसमिति तनहुँको आयोजनामा वडा नम्बर २ को ढाबटारमा रोपाइ महोत्सवको आयोजना गरियो । सो कार्यक्रममा आबुँखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमान लगायतका जनप्रतिनिधि तथा कर्मचारीहरु तथा प्रतिष्ठानका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

भानु नगरपालिकामा वडा नम्बर ९ स्थित जैविक विविधता संरक्षण समितिको आयोजना तथा भानु नगरपालिका कृषि शाखाको सहयोगमा वडा नम्बर ९ को बाइसजाँगरमा धान रोप्ने दिवस आयोजना गरियो ।

सो कार्यक्रममा भानु नगरपालिकाका मेयर आनन्दराज त्रिपाठी लगायत जनप्रतिनिधि तथा कर्मचारीहरु तथा जैविक विविधता संरक्षण समितिका पदाधिकारी र सर्वसाधरणको सहभागिता रहेको थियो ।

बन्दिपुरमा वडा नम्बर १ स्थित हरियाली कृषक समुहको आयोजनामा वडा नम्बर १ को नाहालामा रोपाई कार्यक्रम आयोजना गरिएको थियो । सो कार्यक्रममा बन्दिपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापा तथा जनप्रतिनिधि तथा कृषक समुहका सदस्यहरुको सहभागिता रहेको थियो ।

म्याग्दे गाउँपालिकामा भने विशेष कार्यक्रम आयोजना गरिएको थियो । म्याग्दे गाउँपालिकाको सहयोगमा कृषि ज्ञानकेन्द्रको आयोजनामा वडा नम्बर २ को बडहरेमा रोपाई महोत्सव आयोजना गरिएको थियो ।

सो कार्यक्रममा जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरे, प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारी लगायतका जनप्रतिधि, कर्मचारी तथा सर्वसाधरणहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

जिल्लाका अन्य स्थानीय तहमा पनि विभिन्न संघ संस्थाको समन्वय र आयोजनामा शनिबार रोपाई महोत्सवको आयोजना गरि राष्ट्रिय धान दिवस मनाईएको थियो ।

सरकारले वि.सं २०६१ साल देखि असार १५ लाई राष्ट्रिय धान दिवसका रूपामा मनाउन थालेको हो । कृषिमा परनिर्भरता बढ्दै गएका कारण उत्पादकत्व बढाउने उद्देश्यले नेपालमा धान दिवस मनाउन थालिएको हो । किसानको मनोबल उच्च राखी उनीहरूको श्रमको सम्मान गर्ने उद्देश्यले कृषि तथा पशुपन्छी मन्त्रालयको आयोजनामा देशभर असार १५ गतेलाई राष्ट्रिय धान दिवसको रूपमा मनाउन थालेको हो ।

यस दिनलाई किसानहरुले रोपाई महोत्सवका रूपमा समेत मनाउने गर्छन् । मानो रोपेर मुरी फलाउने दिनका रूपमा रूपमा यस दिन अधिकांस स्थानमा रोपाई गरी धान दिवस मनाउने गर्छन् । खेतमा रोपाई गरी दही चिउरा खाने भएकाले यस दिनलाई दही चिउरा खाने दिनका रूपमा समेत लिने गरिन्छ । वर्षामा हिलाम्य भएको शरीरमा उर्जा दिने भएकाले दही च्युरा खाने चलन रहेको विज्ञहरू बताउँछन् । कृषि प्रधान हाम्रो मुलुकमा खाद्य सुरक्षाको प्रमुख आधारको रूपमा रहेको धानको उत्पादनलाई महत्त्व दिंदै सरकारले असार १५ लाई राष्ट्रिय धान दिवसका रूपमा मनाउने गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गण्डकी कोटिहोमः बुद्ध पूर्णिमा विशेष समारोह, आजसम्म ५०० बटुकको ब्रतबन्ध १०० जेष्ठ नागरिकको चौरासी पूजा

पोखरा । बैशाख २९ पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज

कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर गिभर तालिम सम्पन्न

अन्जान परियार । घरिङ, बैशाख २९ घिरिङ गाउँपालिका–१ पुट्टारमा रहेको कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर

घिरिङको कृष्ण माविमा शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण सम्बन्धी कार्यशाला

तनहुँ । बैशाख २९ घिरिङ गाउँपालिका–१ स्थित कृष्ण माध्यमिक विद्यालयमा आधारभूत तहमा अध्यापनरत शिक्षकहरूका लागि