निषेधित लागु औषध सहित २ जना पक्राउ

Devghat Online

शेयर गरौ

दमौली, असार १६

निषेधित लागु औषध सहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा महानगरपालिका–२६ का २२ बर्षिय राजन बिक र पोखरा महानगर–१४ का १९ बर्षिय अशोक नेपाली रहेका छन् ।

शनिबार आँबुखैरेनी गाउँपालिका–४ बेनिटार स्थित पृथ्वी राजमार्ग सडक खण्डमा सवारी साधनहरु चेकजाँचको लागी ड्युटीमा खटिएका प्रहरी कर्मचारीहरुले चेकिङको क्रममा मुग्लिङबाट आँबुखैरेनी तर्फ आउदै गरेको ग १७ प ९४१७ नम्बरको स्कुटरलाई रोकी चेकजाँच गर्ने क्रममा स्कुटरमा पछाडी सवार अशोक नेपालीले झोला भित्र लुकाई छिपाई ल्याएको नियन्त्रित लागु औषध ट्रामाडोल ४०० क्याप्सुल र एनाग्रान ४०० क्याप्सुल फेला परेको हुँदा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनीहरुलाई आइतबार तनहुँ जिल्ला अदालतबाट म्याद थप अनुमती लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अनलाइन सट्टाबाजी गर्ने एक पक्राउ

अनलाइन बेटिङ मार्फत सट्टाबाजी गर्दै आएका भानु नपा–३ खहरेका ३२ बर्षिय अमृत कुमार श्रेष्ठलाई प्रहरीले शनबिार पक्राउ गरेको छ । उनले अनलाइन बेटिङ खेलाईरहेको भन्ने सुचनाको आधारमा गएको प्रहरी टोलीले श्रेष्ठले सन्चालन गरेको भानु अनलाईन पसलमा खानतलासी गरी निजालई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

श्रेष्ठको साथबाट अनलाइन बोटिङमा प्रयोग हुने ट्याब १ थान तथा मोबाईल लगाएतका सामानहरु बरामद गरिएको प्रहरीले जनाएको छ । उनलाई थप अनुसन्धानकोलागि जिल्ला प्रशासन कार्यालय तनहुँबाट जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसुरमा म्याद थप अनुमती लिई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

खोलामा करेन्ट लगाई माछा मार्ने ४ जना पक्राउ

व्यास नगरपालिका–७ पातल स्थित मादी नदीमा करेण्ट प्रयोग गरी माछा मारीरहेको अवस्थामा चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा व्यास नपा–७ सत्रसय पातलका २५ वर्षिय पदम बहादुर ठकुरी, सोही ठाउँका ४० बर्षिय पुर्ण विक, ५० बर्षिय शेरबहादुर दुरा र लमजुङ मध्यनेपाल नगरपालिका–४ वाग्लेफाँटका ४० वर्षिय लिल बहादुर दुरा रहेका छन् ।

गस्तीमा खटिएका प्रहरी टोलीले आइतबार फेला पारी तलासी गर्दा उनीहरुको साथबाट माछा मार्न प्रयोग गरेको रातो रङगको ब्याट्री १ थान, करेण्ट प्रवाह गर्ने मोटर १ थान, प्लाई बक्स १ थान, तार सहितको टाँगा २ थान र घोल्याङ १ थान सहित ३ किलो ५०० ग्राम माछा फेला परेको हुँदा उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी दशी सहित जिल्ला प्रशासन कार्यालय तनहुँमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू