तनहुँको शुक्लागन्डकीमा पहिरो परि बेपत्ता भएका तिन जनाको शव भेटियो

Devghat Online

शेयर गरौ

दमौली, असार २३

तनहुँको शुक्लागन्डकी नपा–७ काउरेमा पहिरोमा परि वेपत्ता भएका तिन जनाको शव भेटिएको छ । उक्त पहिरोमा परि मृत्यु हनुेमा शुक्लागण्डकी नपा–७ काउरेका ४० बर्षिया हिरा नेपाली, ३७ बर्षिया अनिशा बास्तोला र ६५ बर्षिय श्याम भण्डारी रहेका छन् ।

शनिबार दिउँसो शुक्लागण्डकी नपा–७ काउरेका हिरा नेपाली र सुनमाया कुमालको घर माथीबाट पहिरो आउदै गर्दा घर भित्र रेहेको सामान स्थानियहरु मिली निकाल्न जाने क्रममा नेपाली, बास्तोला र भण्डारी बेपत्ता भएका थिए । बेपत्ता भएपछि नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी सहित स्थानीय बासिन्दाहरुले खोजतालस गर्दा तिनै जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका एसपी अपिलराज बोहोराले जानकारी दिए ।

वेपत्ता भएका मध्ये नेपालीको शव शनिबार राती र बास्तोला र भण्डारीको शव आइतबार बिहान भेटिएको एसपी बोहोराले बताए । सोही घटनामा सोही ठाउँका ४० बर्षिय बिष्णु बहादुर नेपाली, २६ बर्षिय बिशाल तिम्लसिना र ३५ बर्षिय रबि घिमिरे घाइते भएका थिए । उनीहरुको जिपि कोईराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र बेलचौतारामा उपचार भयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर गिभर तालिम सम्पन्न

अन्जान परियार । घरिङ, बैशाख २९ घिरिङ गाउँपालिका–१ पुट्टारमा रहेको कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर

घिरिङको कृष्ण माविमा शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण सम्बन्धी कार्यशाला

तनहुँ । बैशाख २९ घिरिङ गाउँपालिका–१ स्थित कृष्ण माध्यमिक विद्यालयमा आधारभूत तहमा अध्यापनरत शिक्षकहरूका लागि

युवा रेडक्रस सर्कल आदिकविद्वारा रक्तदान कार्यक्रम आयोजना, ७८ पिन्ट रगत सङ्कलन

तनहुँ । बैशाख २५ विश्व रेडक्रस दिवसको अवसरमा युवा रेडक्रस सर्कल आदिकवि भानुभक्त क्याम्पसको आयोजनामा

बन्दीपुर अस्पतालमा थप सेवा सञ्चालन, स्वास्थ्य सुविधा मजबुत बन्दै

तनहुँ । बैशाख २५ बन्दीपुर गाउँपालिका द्वारा सन्चालित बन्दीपुर अस्पतालमा पछिल्लो दिनहरुमा बिभिन्न स्वास्थ्य सेवाहरु