तनहुँको शुक्लागन्डकीमा पहिरो परि बेपत्ता भएका तिन जनाको शव भेटियो

Devghat Online

शेयर गरौ

दमौली, असार २३

तनहुँको शुक्लागन्डकी नपा–७ काउरेमा पहिरोमा परि वेपत्ता भएका तिन जनाको शव भेटिएको छ । उक्त पहिरोमा परि मृत्यु हनुेमा शुक्लागण्डकी नपा–७ काउरेका ४० बर्षिया हिरा नेपाली, ३७ बर्षिया अनिशा बास्तोला र ६५ बर्षिय श्याम भण्डारी रहेका छन् ।

शनिबार दिउँसो शुक्लागण्डकी नपा–७ काउरेका हिरा नेपाली र सुनमाया कुमालको घर माथीबाट पहिरो आउदै गर्दा घर भित्र रेहेको सामान स्थानियहरु मिली निकाल्न जाने क्रममा नेपाली, बास्तोला र भण्डारी बेपत्ता भएका थिए । बेपत्ता भएपछि नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी सहित स्थानीय बासिन्दाहरुले खोजतालस गर्दा तिनै जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका एसपी अपिलराज बोहोराले जानकारी दिए ।

वेपत्ता भएका मध्ये नेपालीको शव शनिबार राती र बास्तोला र भण्डारीको शव आइतबार बिहान भेटिएको एसपी बोहोराले बताए । सोही घटनामा सोही ठाउँका ४० बर्षिय बिष्णु बहादुर नेपाली, २६ बर्षिय बिशाल तिम्लसिना र ३५ बर्षिय रबि घिमिरे घाइते भएका थिए । उनीहरुको जिपि कोईराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र बेलचौतारामा उपचार भयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल

राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउन प्रजिअ तिवारीलाई रास्वपा तनहुँको ध्यानाकर्षण

तनहुँ । साउन २१ राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँमा बिहानैदेखि लाग्ने सर्वसाधारणको अनियन्त्रित

भिमादमा एआई प्रविधिसहितको छाती एक्स–रे शिविर सम्पन्न, २४ जनामा क्षयरोगको लक्षण

तनहुँ । साउन २१ तनहुँको भिमाद नगरपालिकामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित छातीको एक्स–रे परीक्षण