पहिरोले भिम भैरव मोटरमार्गमा क्षती, जोखिमयुक्त क्षेत्रको भौगर्भिक अध्ययन गर्न पुर्वमन्त्री गुरुङको माग

Devghat Online

शेयर गरौ

दमौली, साउन १

गत साता आएको ठुलो वर्षाको कारण भिमाद नगरपालिका–९ को भानुमती जाने भिम भैरव मोटरमार्गको क्षत विक्षत भएको छ ।

उक्त मार्गको चिहानडांडा देखि जौपानी हुँदै रिठ्ठाभन्ज्याँङ जाने खण्डको विभिन्न ठाउँमा गत असार २२ गते राती आएको भीषण वर्षा पनि आएको पहिरोको कारण ठुलो क्षती भएको भिमाद नगरपालिकाका मेयर दधिराज सुवेदीले बताए । यसका साथै पहिरोले ल्हेकैथर, बरथान, पुरीथर लगायत जौपानीको सबै गाउँ र टोलहरू पहिरोको उच्च जोखिममा रहेको र करिब ६÷७ घर पूर्णरूपमा विस्थापित भएको मेयर सुवेदीले बताए ।

उक्त प्राकृतिक विपत्तिको मंगलबार पुर्वु मन्त्री तथा नेकपा एमालेका स्थायी कमिटी सदस्य किरण गुरुङ तथा भिमाद नगरपालिकाका प्रमुख दधिराज सुवेदीको नेतृत्वमा स्थलगत अनुगमन गरियो । अनुगमन पश्चात पुर्वमन्त्री गुरुङले बाढी र पहिरोको कारण विस्थापित परिवारलाई तिन वटै तहका सरकारहरुले तत्काल राहत र उचित व्यवस्थापनका साथै पहिरो तथा वर्षाले क्षती भएको सडकको विशेषज्ञहरूको टिमद्वारा भौगर्भिक अध्ययन गरि मोटरमार्ग पुननिर्माण गर्न माग गरेका छन् ।

उक्त अनुमगनमा नेकपा एमाले गन्डकी प्रदेश कमिटि सदस्य कृष्णकुमारी श्रेष्ठ, भिमाद नगर कमिटिका अध्यक्ष इमानबहादुर थापा तथा जिल्ला कमिटी सदस्यहरू दिना गोतामे, गौमाया राना र सुर्यप्रकाश तिमिल्सिना, भिमाद नगरपालिका प्रवक्ता पदम ठकुरी, नगर कमिटिका सचिव बलु थापा लगायत नेकपा एमालेका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको