म्याग्देमा हल गोरु पाल्ने कृषकलाई १३ लाख ८० हजार अनुदान

Devghat Online

शेयर गरौ

दमौली, साउन २

म्याग्दे गाउँपालिकाले आर्थिक वर्ष २०८०÷०८१ मा हल गोरु पाल्ने कृषकलाई १३ लाख ८० हजार रुपैयाँ अनुदान उपलब्ध गराएको छ । गाउँपालिकाको पशु सेवा उपशाखाको वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत हल गोरु पाल्ने कृषकलाई प्रोत्साहन स्वरुप उक्त रकम उपलब्ध गराईएको गाउँपालिकाले जनाएको छ ।

उक्त कार्यक्रमबाट ३५४ हल गोरु पाल्ने कृषक लाभान्वित भएको गाउँपालिकाका पशु सेवा उपशाखाका प्रमुख डा. विनयकुमार शाहले बताए । प्रति हलगोरु ४ हजार रुपैयाँ अनुदान दिने गाउँपालिकाको नीनि अनुसार ३५४ हल गोरु पाल्ने कृषकलाई कुल १३ लाख ८० हजार रुपैयाँ अनुदान दिईएको शाहले बताए । उक्त कार्यक्रमको लागि गाउँपालिकाले सुरुमा १० लाख बिनियोजन गरेकोमा उक्त रकमले नपुगेपछि बाँकी रकम पछि रकमान्तर गरिएको थियो ।

हलगोरु पाल्ने कृषकलाई अनुदान दिने म्याग्दे गाउँपालिका देशभरका ७५३ स्थानीय तह मध्ये पहिलो भएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले दाबी गरे । गोरु पाल्ने क्रम घट्दा जग्गा बाँझो हुने क्रम बढेपछि कृषकलाई प्रोत्साहनका लागि रकम उपलब्ध गरिएको गाउँपालिकाका अध्यक्ष श्रेष्ठले बताए ।

गाउँपालिकाका अध्यक्ष श्रेष्ठले गोरु पाल्ने प्रचलन घट्दै जाँदा खेतबारी बाँझो हुन थालेपछि जग्गा बाँझो हुन नदिनका लागि पनि यो कार्यक्रम ल्याइएको बताए । उनले भने, ‘प्रोत्साहन रकमले हलगोरु पाल्ने कृषक अझै बढ्ने विश्वास लिएका छौँ । गोरु पाल्ने क्रम बढ्दा खेतबारी बाँझो रहँदैन ।’

गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले गोरु पाल्ने प्रोत्साहनका लागि उपलब्ध गराइएको रकम गोरुको पोषणका लागि खर्च गर्न कृषकलाई सुझाव दिए । गाउँपालिकाले हल गोरु पोषण अनुदानवापत सबै वडाका ३५४ हल गोरु पाल्ने कृषकलाई जनही ४ हजारको दरले प्रोत्साहन रकम उपलब्ध गराईएको उपाध्यक्ष घिमिरेले बताए । यो संख्या आर्थिक वर्ष ०७९÷८० मा दुई सय ५० रहेको थियो । प्रोत्साहन रकम पाएपछि हल गोरु संरक्षणमा सहयोग पुग्ने भन्दै कृषक खुसी भएका छन् । लोकवाणी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता