आइतबार प्रधानमन्त्रीले विश्वासको मत लिने

Devghat Online

शेयर गरौ

काठमाडौं, साउन ६

प्रतिनिधिसभाको आइतबार बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने भएका छन् । संसदमा कनै पनि दलको बहुमत नभएको अवस्थामा दुई वा सोभन्दा बढी दलको समर्थनमा नियुक्त प्रधानमन्त्रीले पदमा नियुक्त भएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।

आइतबार दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक राखिएको छ । उक्त दिनको बैठकमा विश्वासको मत लिने कार्यसूची राख्न प्रधानमन्त्री ओलीले यही असार २ गते सङ्घीय संसद् सचिवालयलाई पत्राचार गरिसकेका छन् ।

नेपालको संविधानको धारा ७६ को उपधार ९२० बमोजिम नियुक्त प्रधानमन्त्रीले धारा ७६ को उपधारा ९४० बमोजिम त्यसरी नियुक्त गरिएको मितिले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने प्रावधान रहेको छ ।

नेपाली कांग्रेस र नेकपा ९एमाले० बीच गत असार १७ गतेको सहमतिका आधारमा एमालेका अध्यक्ष ओलीले नेपालको संविधानको धारा ७६ ९२० बमोजिम गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

दुई ठूला दलबीचको सहमतिपछि अल्पमतमा पर्नुभएको तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गत असार २८ गतेको संसद् बैठकमा विश्वासमा मत प्राप्त गर्न सकेका थिएनन् । नयाँँ प्रधानमन्त्री ओलीको विपक्षमा नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा (एकीकृत समाजवादी) रहने स्पष्ट देखिएको छ, भने कांग्रेस, एमालेसहित अधिकांश दलले विश्वासको मत दिने देखिएको छ ।

एमालेले आफ्ना अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीको विश्वासको मतदान हुने दिन अनिवार्य उपस्थित हुन र पक्षमा मत दिन ह्विप जारी गरिसकेको छ । सोही विषयमा निर्णय लिन नेपाली कांग्रेस संसदीय दलको बैठक आइतबार बिहान बस्दैछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बन्दीपुर गाउँपालिकाका सामुदायिक विद्यालयमा प्रधानाध्यापक पदपूर्तिका लागि दरखास्त आह्वान

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिकाले गाउँपालिकाभित्रका ९ वटा सामुदायिक विद्यालयहरूमा रिक्त रहेका प्रधानाध्यापक पदपूर्तिका

कृषि विकास र भेटेरिनरी अस्पतालको बजेट र कार्यक्रम सार्वजनिक, अघिल्लो वर्षको समीक्षा

तनहुँ । साउन २१ कृषि विकास कार्यालय तनहुँ र भेटेरिनरी अस्पताल तनहुँले आर्थिक वर्ष २०८३/०८४

बन्दीपुर गाउँपालिकाका सामुदायिक विद्यालयमा प्रधानाध्यापक पदपूर्तिका लागि दरखास्त आह्वान

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिकाले गाउँपालिकाभित्रका ९ वटा सामुदायिक विद्यालयहरूमा रिक्त रहेका प्रधानाध्यापक पदपूर्तिका