गिटि, बालुवाको अबैध चोरी निकासी नियन्त्रणमा तनहुँ प्रहरीलाई उल्लेख्य सफलता

Devghat Online

शेयर गरौ

दमौली, साउन ६

तनहुँ प्रहरीले पछिल्लो समयमा गिटी, बालुवाको अवैध चोरी निकासीमा उल्लेख्य सफलता प्राप्त गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँमा एसपी अपिलराज बोहोरा प्रमुख भएर आएपछि २०८० फागुन देखी २०८१ साउन ४ गतेसम्ममा कुल ५९ पटक अबैध गिटी, बालुवाको निकासीलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सबैभन्दा बढि शुक्लागन्डकी नगरपालिकाको अबैध निकासी नियन्त्रण गरिएको प्रहरीले जनाएको छ । शुक्लागन्डकीमा २४ पटक, व्यास नपामा १४ पटक, घिरिङमा ७ पटक, बन्दिपुरमा ५ पटक ऋषिङमा ३ पटक तथा भानुमा ३ पटक अबैध निकासी नियन्त्रणमा लिई कारवाहीको लागि सम्बन्धित स्थानीय तहमा बुझाईएको प्रहरीले जनाएको छ ।

जसबाट लाखौं रुपैयाँको आन्तरिक राजश्व संकलन भएको थियो । जिल्ला प्रहरी कार्यालय र मातहतका इलाका प्रहरी कार्यालय तथा प्रहरी चौकीहरुले विभिन्न नदि तथा घाटहरुबाट अबैधरुपमा निकासी भएको गिटी, बालुवा नियन्त्रण गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल

राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउन प्रजिअ तिवारीलाई रास्वपा तनहुँको ध्यानाकर्षण

तनहुँ । साउन २१ राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँमा बिहानैदेखि लाग्ने सर्वसाधारणको अनियन्त्रित

भिमादमा एआई प्रविधिसहितको छाती एक्स–रे शिविर सम्पन्न, २४ जनामा क्षयरोगको लक्षण

तनहुँ । साउन २१ तनहुँको भिमाद नगरपालिकामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित छातीको एक्स–रे परीक्षण