गिटि, बालुवाको अबैध चोरी निकासी नियन्त्रणमा तनहुँ प्रहरीलाई उल्लेख्य सफलता

Devghat Online

शेयर गरौ

दमौली, साउन ६

तनहुँ प्रहरीले पछिल्लो समयमा गिटी, बालुवाको अवैध चोरी निकासीमा उल्लेख्य सफलता प्राप्त गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँमा एसपी अपिलराज बोहोरा प्रमुख भएर आएपछि २०८० फागुन देखी २०८१ साउन ४ गतेसम्ममा कुल ५९ पटक अबैध गिटी, बालुवाको निकासीलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सबैभन्दा बढि शुक्लागन्डकी नगरपालिकाको अबैध निकासी नियन्त्रण गरिएको प्रहरीले जनाएको छ । शुक्लागन्डकीमा २४ पटक, व्यास नपामा १४ पटक, घिरिङमा ७ पटक, बन्दिपुरमा ५ पटक ऋषिङमा ३ पटक तथा भानुमा ३ पटक अबैध निकासी नियन्त्रणमा लिई कारवाहीको लागि सम्बन्धित स्थानीय तहमा बुझाईएको प्रहरीले जनाएको छ ।

जसबाट लाखौं रुपैयाँको आन्तरिक राजश्व संकलन भएको थियो । जिल्ला प्रहरी कार्यालय र मातहतका इलाका प्रहरी कार्यालय तथा प्रहरी चौकीहरुले विभिन्न नदि तथा घाटहरुबाट अबैधरुपमा निकासी भएको गिटी, बालुवा नियन्त्रण गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

प्रकाश पन्थद्वारा कांग्रेस केन्द्रीय सदस्य अपाङ्गता क्लस्टरमा उम्मेदवारी

तनहुँ । असोज २० नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश पन्थले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले