पार्टीका केन्द्रीय नेताहरुलाई भेट्दै एमाले तनहुँको टोली

Devghat Online

शेयर गरौ

दमौली, साउन ९

नेकपा एमाले तनहुँ जिल्ला कमिटिका पदाधिकारी सहितका नेताहरुले नेकपा एमाले केन्द्रीय कार्यालयमा केन्द्रीय पदाधिकारीहरुलाई भेट गरेका छन् । तनहुँको पार्टी संगठनको बारेमा जानकारी दिन जिल्ला अध्यक्ष हरिराज कडेंलको नेतृत्वमा एमाले तनहुँको टोली केन्द्रीय कार्यालय गएको हो ।

स्थायी समिति सदस्य किरण गुरुङ सहितको उपस्थितीमा एमाले तनहुँको टोलीले बरिष्ठ उपाध्यक्ष इश्वर पोख्रेल, महासचिव शंकर पोख्रेल, संगठन विभागका पदाधिकारीहरुलाई भेट गरि तनहुँको पार्टी काम र संगठनको बारेमा जानकारी गराएका थिए ।

एमाले तनहुँको टोलीले उपमहासचिव तथा सुचना तथा सन्चार प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ, भौतीक पुर्वाधार मन्त्री देवेन्द्र दाहाल, शिक्षा तथा विज्ञान प्रविधि मन्त्री विद्या भट्टराई सँग पनि भेट गरि तनहुँको विकास निर्माणको लागि आवश्यक बजेटको व्यवस्थापनको लागि पनि अनुरोध गरेको जिल्ला कमिटिका उपाध्यक्ष राजेश्वर ढकालले बताए ।

सो भेटमा केन्द्रीय सदस्य भगवती न्यौपानेको उपस्थिती रहेको थियो । यसैगरि जिल्ला कमिटिका उपाध्यक्ष राजेश्वर ढकाल, सचिव प्रदिपराज अधिकारी, उपसचिवद्वय खिम कुमाल र सुनिता नेपालीको पनि सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक