गाईघाटमा पक्की पुल तथा मदन–आश्रीत पार्क देवघाटकोलागि अर्थमन्त्रीसँग बजेट माग

Devghat Online

शेयर गरौ

दमौली, साउन ९

नेकपा एमाले तनहुँको टोलीले तनहुँको देवघाट गाउँपालिका–४ र चितवनको भरतपुर महानगरपालिकाको गाईघाट जोड्ने त्रिशुली नदीमा पक्की पुल निर्माणको लागि आवश्यक बजेट विनियोजन गर्न माग गरेको छ ।

बुधबार उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई भेट गरि एमाले तनहुँको टोलीले गाईघाटमा पक्की पुल तथा गाईघाट–गल्याङ सडकको लागि आवश्यक बजेट उपलब्ध गराउन माग गरेका थिए ।

त्यसैगरि दासढुङ्गा र देवघाटमा रहेको मदन–आश्रीत स्मृति पार्क बजेटको अभावमा त्यसै अपलपत्र परेको हुँदा उक्त पार्कको लागि पनि आवश्यक बजेट विनियोजन गर्न एमाले तनहुँको टोलीले अर्थमन्त्री पौडेल समक्ष माग गरेको छ ।

सो अवसरमा अर्थमन्त्री पौडेलले गाईघाटको पक्की पुल र गाईघाट गल्याङ सडक आफु यस अघि अर्थमन्त्री हुँदा नै प्राथमिकतामा राखेको हुँदा पुनः उक्त योजना अगाडी बढाउन आवश्यक बजेट विनियोजन गर्ने आश्वासन दिए । साथै देवघाटको मदन–आश्रीत पार्कको लागि पनि आवश्यक बजेट उपलब्ध गराउने मन्त्री पौडेलले प्रतिबद्धता जनाएको नेकपा एमाले तनहुँका उपाध्यक्ष राजेश्वर ढकालले बताए ।

यसैगरि मन्त्री पौडेलले मुग्लिन–नारयणगढ सडकको विकल्पमा तनहुँ तर्फ निर्माण हुने बैकल्पिक सडकको लागि पनि बजेट बिनियोजन गर्ने बताएको एमाले तनहुँका उपाध्यक्ष ढकालले जानकारी दिए ।

सो भेटमा एमाले केन्द्रीय सदस्य तथा राष्ट्रिय सभामा सत्तापक्षका मुख्य सचेतक भगवती न्यौपाने, एमाले तनहुँका निवर्तमान अध्यक्ष श्रीप्रसाद श्रेष्ठ तथा जिल्ला कमिटिका अध्यक्ष हरिराज कडेंल, उपाध्यक्ष राजेश्वर ढकाल, सचिव प्रदिपराज अधिकारी र उपसचिवद्वय खिम कुमाल र सुनिता नेपाली थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मध्यनेपाल महोत्सव सम्पन्न, ४० हजार दर्शक, १ करोडको आर्थिक कारोबार

दमौली, माघ ५ नेपालको मध्यभागमा रहेको लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिका–४ स्थित दुईपिप्लेमा आयोजित ‘प्रथम मध्यनेपाल

देवघाट महा–महोत्सव बिथोल्न खोज्नेलाई बिजयकृष्ण मुर्तीको चेतावनीः ‘कसैले अवरोध गर्न खोजे देवघाटमा हिन्दु सेना उतार्छौ’

देवघाट, माघ ५ पशुपतीनाथ परिसरमा गत साउन महिनामा एक महिने कोटीहोम लगाएर चर्चामा आएका बालयोगेश्वर