बोलवम मेलामा आएका चार हजार भक्तजनलाई देवघाटधाम जेसीजद्वारा निःशुल्क पानी र मही वितरण

Devghat Online

शेयर गरौ

देवघाट, साउन १४

देवघाटधाममा साउन महिनाको प्रत्येक सोमबार हुने बोलवम मेलामा सहभागी हुन आएका तथा वेणी संगममा स्नान गर्न आएका भक्तजनलाई देवघाटधाम जेसीजले निशुल्क पानी तथा मही वितरण गरेको छ ।

देवघाटधाम जेसीजको संयोजन तथा चितवन र नवलपुरका छिमेकी जेसीज शाखाहरूको संयुक्त आयोजनामा भक्तजनहरुकोलदागि निशुल्क पानी तथा मही वितरण गरिएको देवघाटधाम जेसीजका अध्यक्ष रघु मल्लले बताए ।

उक्त कार्यक्रममा महिलाहरुद्वारा सन्चालित देवघाट स्थित चक्रवर्ती सामाजिक महिला उद्यमी सहकारी संस्थाबाट उत्पादित मही साउनको दोश्रो सोमबार करिब ४ हजार भक्तजनलाई निशुल्क रूपमा वितरण गरिएको अध्यक्ष मल्लले जानकारी दिए ।

उक्त कार्यक्रम गलेश्वर आश्रम स्थित सिद्धेश्वर महादेवको मन्दिर परिसरमा भएको थियो । देवघाटधाममा साउन महिनाको हरेक सोमबार बोलवम मेला लाग्ने हुँदा उक्त मेला अवधिभर देवघाटधाम जेसीजले निशुल्क पानी र मही वितरण गर्ने अध्यक्ष मल्लले बताए ।
सो कार्यक्रममा देवघाटधाम जेसिजका पदाधिकारीहरुको सक्रिय सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

कैदीबन्दीको स्वास्थ्य उपचारकालागि तनहुँ कारागार र प्रदेश अस्पतालबीच सम्झौता

तनहुँ । साउन २२ जिल्ला कारागार कार्यालय तनहुँमा रहेका कैदीबन्दीहरूलाई सहज स्वास्थ्य उपचार सेवा उपलब्ध

विश्व आदिवासी जनजाति दिबस (अगस्त ९) को औचित्य र यसको सान्दर्भिकता किन ?

सिद्धान्त गर्जामगर नेपाली समाज भित्रको बीविधता, सामाजिक संरचना भित्रको भाषिक विभेद, पहिचानको आवश्यकता, राज्यको हरेक

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल