दमौलीकी आकृतिको फोटो काठमाडौंमा प्रर्दशनीमा

Devghat Online

शेयर गरौ

काठमाडौं, साउन १९

व्यास नपा–३ दमौलीकी आकृति श्रेष्ठले खिचेको फोटो काठमाडौंमा प्रर्दशनीमा राखिएको छ । शुक्रबारदेखी नेपाल आर्ट काउन्सिलमा भएको फोटो प्रदर्शनीमा आकृतिले खिचेको फोटोहरु प्रर्दशनीमा राखिएको हो । उक्त प्रर्दशनी साउन ३२ गतेसम्म चल्नेछ ।

 

नेपाल र युरोपियन युनियन सम्बन्धको ५० वर्षको अवसरमा उक्त फोटो प्रर्दशनी आयोजना गरिएको थियो । फोटो प्रर्दशनीको अवलोकनमा युरोपियन युनियनका सबै जसो देशका राजदुतहरुको उपस्थिती रहेको थियो ।

२३ बर्षिया आकृति दमौली निवासी शंकर नारयण श्रेष्ठ र सरिता श्रेष्ठकी छोरी हुन् । आफ्नी छोरी उत्कृष्ट ४ मा पर्न सफल भएको र उनका फोटोहरु छनौट भई प्रर्दशनीमा राखिएकोमा आफुहरुलाई गर्व महशुस भएको आकृतिकी आमा सरिताले बताइन् । श्रेष्ठ दम्पत्तीले पनि शुक्रबार उक्त फोटो प्रर्दशनी अवलोकन गरेका थिए ।

फोटो ग्राफर आकृतिले आफु फोटोग्राफी, वृत्तचित्र, र प्रभावकारी कथा कथनको बारेमा उत्सुक महत्वाकांक्षी दृश्य कथाकार भएको बताएकी छिन् । ‘मेरा फोटोहरू र भिडियोहरू मार्फत म नयाँ कथाहरू उजागर गर्ने र मानव भावना र सामाजिक प्रासंगिकताका सूक्ष्मताहरू व्यक्त गर्ने आशा गर्दछु’ आकृतिले भनिन् ‘कथा कथनका अतिरिक्त, मलाई छायाँचित्र र क्लोज–अप फोटोग्राफीमा पनि रुचि छ ।’

आकृति काठमाण्डौ विश्व विद्यालय स्कूल अफ आर्ट्सबाट मिडिया अध्ययनमा स्नातक हुन् । उनले सन २०२१ मा इजिप्टको कायरो स्थित आईसेकमा स्वयंसेवकको रुपमा फोटोग्राफी शुरु गरेकी थिइन् । ‘त्यसपछि मैले फल्सबग टेक्नोलोजी र पाराडिजिएम टिभीको लागि सामाजिक सञ्जाल सामग्री निर्माण गर्न सुरु गरें, बिस्तारै फोटो कथाहरू र वृत्तचित्रहरू तर्फ लागें’ उनले भनिन् ‘२०२३ मा मैले जर्मनीको इल्मेनाउमा भएको अन्तर्राष्ट्रिय विद्यार्थी महोत्सवमा भाग लिएँ, यसबाहेक, ओस्लो मेट्रोपोलिटन युनिभर्सिटी र पाठशाला साउथ एशियन मिडिया एकेडेमीसँगको सहकार्यमा फोटोसर्कलले आयोजना गरेको अन्तर्राष्ट्रिय कथा कथन आदानप्रदान कार्यशाला मार्फत मैले दृश्य कथा कथनमा मूल्यवान अनुभव प्राप्त गरें ।’

आकृति सन २०२३ मा संयुक्त राज्य अमेरिकाको दूतावासको कार्यक्रम युवा परिषद् २०२३ मा सामेल भएकी थिइन् । उक्त कार्यक्रममा उनले र उनको टोलीले ‘परियोजना जागरण’ नामक मिडिया साक्षरता परियोजना गरेको थियो । उनी हाल नेपाल टी कलेक्टिभमा भिडियो क्रिएटरको रूपमा कामका साथै भिडियो र फोटोग्राफीको क्षेत्रमा स्वतन्त्र परियोजनाहरू गर्दै आएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बन्दीपुरमा युनेस्को संघसंस्थाहरुको सवलीकरण र जागरण सम्बन्धी अभिमुखीकरण सम्पन्न

बन्दीपुर, माघ ७ युनेस्को संघसंस्थाहरुको सवलीकरण र जागरण तथा अभिमुखीकरण कार्यक्रम तनहुँको बन्दीपुरमा आइतबार सम्पन्न