भानु कप फुटवल प्रतियोगिता सुरु, मन्त्री देवकोटाद्वारा उद्घाटन

Devghat Online

शेयर गरौ

दमौली, साउन १९

तनहुँ भानु नपा–१ भन्सार स्थित खेल मैदानमा शनिबारदेखी नाइन ए साइडको भानुकप फुटवल प्रतियोगिता सुरु भएको छ । तनहुँ जिल्लाको सर्वाधाकि पुरस्कार राशीको उक्त प्रतियोगिताको गन्डकी प्रदेशका उर्जा, सिंचाई तथा जलश्रोत मन्त्री फणिन्द्र देवकोटाले उद्घाटन गरे । उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री देवकोटाले खेलले मानिसलाई अनुशासति र स्वस्थ बनाउन सहयोग पुग्ने बताए । उनले गन्डकी प्रदेश सरकारले खेलकुँदको क्षेत्रमा सहयोग गर्ने बताए ।

भानु नगरपालिकाका मेयर आनन्दराज त्रिपाठीले भानुभक्त आचार्यको जन्मस्थल भानु नगरपालिकामा खेलको आयोजना गरिएको हुँदा नगरपालिकाकै गौरबको विषय भएको र नगरपालिकाको प्रतिष्ठा समेत जोडिएकाले सवैले आ आफ्नो ठाउँबाट सहयोग गर्नु पर्ने बताए ।
खेल संयोजक विष्णु अधिकारीको अध्यक्षतामा उक्त प्रतियोगिताको उद्घाटन कार्यक्रम आयोजना गरिएको थियो । भानुलाई राष्ट्रिय रुपमा चिनाउने उद्देश्यले प्रतियोगिता गरिएको खेल संयोजक अधिकारीले बताए ।

उक्त प्रतियोगितामा २४ टिमको सहभागिता रहेको छ । भन्सार युवा परिवार, सालबिस्ने र भिमसेन युवा क्लबको संयुक्त आयोजनामा भएको उक्त प्रतियोगितामा प्रथम हुने टिमले २ लाख ५० हजार २११ रुपैयाँ नगद सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै दित्तिय हुनेले एक लाख २५ हजर २११ रुपैयाँ सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । सेमीफाईनलमा पुग्ने २ टिमलाइ २५ हजार २ सय ११ र प्रमाणपत्र, उत्कृष्ट खेलाडीलाई नगद रु ५ हजार २११ ट्रफी,मेडल, प्रमाणपत्र, उत्कृष्ट गोल रक्षकलाई नगद रु ५ हजार २ सय ११ ट्रफी,मेडल,प्रमाणपत्र, सर्बाधिक गोलकर्तालाई नगद ५ हजार २ सय ११ र ट्रफी, मेडल, प्रमाणपत्र प्रदान गरिने प्रचार प्रसार समितिका राजेश कार्कीले जानकारी दिए ।

उहाँका अनुसार अनुशासित टिमलाई उचित पुरस्कार साथै प्रत्येक खेलमा म्यान अफ दि म्याचको घोषणा गरिने छ । प्रतियोगितामा २४ टिमको सहभागिता रहेको छ । त्यसैगरी सोही अवसरमा आयोजित छेलो प्रतियोगिता तर्फ प्रथम पुरस्कार ६ हजार २ सय ११ र प्रमाणपत्र र बाघचाल तर्फ प्रथम पुरस्कार ६ हजार २ सय ११, प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । उक्त प्रतियोगिता साउन २६ गते सम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भरतपुरको कमलादेवी मन्दिरमा शिव, पार्वतीको प्राणप्रतिष्ठा एवं पुजन महोत्सव हुने

चितवन, फागुन ३ भरतपुर मनपा–११ स्थित कमलादेवी मन्दिर प्राकृतिक आरोग्य केन्द्रमा यही फागुन ५ गतेदेखी

उपप्रधानमन्त्री पौडेल र नगर प्रमुख आचार्यलाई उच्च निगरानीमा उपचार गर्नुपर्छः कीर्तिपुर अस्पताल

काठमाडौं, फागुन ३ कीर्तिपुर अस्पतालले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा नगरका प्रमुख धनराज

सरकारले ल्याएको अध्यादेश पारित हुन्छः सञ्चारमन्त्री

काठमाडौं, फागुन ३ सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारले ल्याएका अध्यादेशहरू पारित हुने

मोटरसाइकल दुर्घटना हुँदा त्रिशूलीमा बेपत्ता भएका रोहित अझै भेटिएनन्

चितवन, फागुन ३ शुक्रबार नारायणगढ–मुग्लिङ सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा त्रिशूलीमा बेपत्ता भएका रोहित राना अहिलेसम्म