हैरान्स क्लवमा नयाँ नेतृत्व

Devghat Online

शेयर गरौ

दमौली, साउन १९

दमौली स्थित हैरान्स् क्लवको नयाँ नेतृत्व चयन भएको छ । शुक्रवार र शनिवार आयोजित क्लबको साधारणसभा तथा अधिवेशनले विनोद थापाको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो ।

शनिवार वडा नम्बर २ को कार्यालयमा निर्वतमान अध्यक्ष रविन पौडेलको अध्यक्षतामा आयोजित पदस्थापन कार्यक्रममा वोल्दै वडा नं २ का कार्यवाहक वडा अध्यक्ष सुरेश वाग्लेले क्वलले विगतका सामाजिक र खेलकुद गतिविधिलाई निरन्तरता दिने विश्वास व्यक्त गर्दै वडा कार्यालय र नगरपालिकाले क्लवको अभियानलाई सघाउने बताए ।

निर्विरोध रुपमा चयन भएको क्लबको उपाध्यक्षमा कृष्ण कुमार श्रेष्ठ, सचिवमा उज्जवल भट्टराई, सह सचिवमा गंगा गुरुङ, कोषाध्यक्षमा निजामदिन मिया चयन भएको निर्वाचन अधिकृत चन्दन मल्लले जानकारी दिए । त्यस्तै समितिको सदस्यहरुमा सुनिता विक, मनिका थापा, आशिष धिताल, दिक्षिन विक, अजय पुरी र अञ्जन प्रधान चयन भएका छन् ।

त्यस्तै क्लवले शनिवार नै क्लवका सल्लाहकारहरु समेत चयन गरेको छ । क्लवको सल्लाहकारहरुमा निवर्तमान अध्यक्ष रविन पौडेल, सुरेश वाग्ले, अनुप राना, राजु थापा, राजकुमार विक, कृष्ण नारायण वतास, तेज बहादुर थापा, अर्जुन श्रेष्ठ, अशोक गिरि, मनोज श्रेष्ठ, भुवन गौशली, कुमार श्रेष्ठ, पोखराम थापा, चन्दन मल्ल, ओम थापा लाई चयन गरेको छ ।

क्वलका निर्वमान अध्यक्ष रविन पौडेलको अध्यक्षतामा आयोजित अधिवेशनको सञ्चालन निवर्तमान सचिव अशोक गिरिले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल

राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउन प्रजिअ तिवारीलाई रास्वपा तनहुँको ध्यानाकर्षण

तनहुँ । साउन २१ राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँमा बिहानैदेखि लाग्ने सर्वसाधारणको अनियन्त्रित

भिमादमा एआई प्रविधिसहितको छाती एक्स–रे शिविर सम्पन्न, २४ जनामा क्षयरोगको लक्षण

तनहुँ । साउन २१ तनहुँको भिमाद नगरपालिकामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित छातीको एक्स–रे परीक्षण