आबुँखैरेनी अस्पतालको अपरेशन कक्ष स्वास्थ्यमन्त्री पौडेलले उद्घाटन गर्ने

Devghat Online

शेयर गरौ

दमौली, साउन २०

आँबुखैरेनी गाउँपालिका अन्तर्गत सन्चालित आँबुखैरेनी अस्पतालको नव–निर्मित अपरेशन थिएटरको सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले उद्घाटन गर्ने भएका छन ।

संघीय तथा प्रदेशको स्वास्थ्य मन्त्रालयबाट विभिन्न उपकरणहरु जुटाई आबुँखैरेनी अस्पतालमा अपरेशन थिएटर सन्चालन गरिएको छ । गण्डकी प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको सहयोगमा शल्यक्रिया कक्षका लागि आवश्यक बत्ती, शैंया र इलेक्ट्रोकाउट्री मेसिन प्राप्त भएको थियो ।

लामो समयको प्रयासपश्चात अस्पतालमा शल्यक्रिया सेवा सुरु गरिएको आबुँखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए । अस्पतालमा शल्यक्रिया सुरु गर्ने लामो समयको प्रयासले अब सार्थकता पाएको अध्यक्ष चुमानले बताए । अस्पतालले प्रसूति, हर्निया, एपेन्डिक्स, हाइड्रोसिलको शल्यक्रिया सेवा सुरु गर्ने तयारी गरेको उनले जानकारी दिए ।

वि.सं २०७९ मंसिर १ गतेदेखि आँबुखैरेनी स्वास्थ्य चौकी स्तरोन्नती गरि आबुँखैरेनी अस्पतालको रुपमा सेवा सन्चालन गरिएको थियो ।, उक्त अस्पतालले आबुँखैरेनी गाउँपालिका मात्र नभएर तनहुँको बन्दीपुर, गोरखाको पालुङटार, सहिद लखन र चितवनको इच्छाकामना गाउँपालिकाका जनतालाई सेवा दिइरहेको छ ।

अस्पतालबाट चौबीसै घण्टा आकस्मिक सेवा, आधारभूत प्रयोगशाला, एक्सरे, भिडियो एक्सरे, इसिजी, फार्मेसीलगायत सेवा प्रवाह भइरहेको छ । अस्पतालमा एक जना एमडिजीपी, तीन जना मेडिकल अधिकृत र १३ नर्स कार्यरत छन् ।

आँबुखैरेनी अस्पताललाई थप आधुनिक र सुविधा सम्पन्न अस्पताल बनाउन निःशुल्क रुपमा सम्पुर्ण मेडिकल तथा स्वास्थ्य उपकरणहरु हस्तानतरण गर्ने छिम्केश्वरी अस्पतालका शेयर धनीहरुलाई सो अवसरमा सम्मान गनिरे कार्यक्रम समेत रहेको छ ।

गत साउन ६ गते नीजि क्षेत्रको छिम्केश्वरी अस्पताललाई आबुँखैरेनी अस्पतालमा समायोजन गर्ने सम्झौतामा हस्ताक्षर भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल

राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउन प्रजिअ तिवारीलाई रास्वपा तनहुँको ध्यानाकर्षण

तनहुँ । साउन २१ राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँमा बिहानैदेखि लाग्ने सर्वसाधारणको अनियन्त्रित

भिमादमा एआई प्रविधिसहितको छाती एक्स–रे शिविर सम्पन्न, २४ जनामा क्षयरोगको लक्षण

तनहुँ । साउन २१ तनहुँको भिमाद नगरपालिकामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित छातीको एक्स–रे परीक्षण