आबुँखैरेनी अस्पतालको अपरेशन थिएटरको मन्त्री पौडेलद्वारा उद्घाटन

Devghat Online

शेयर गरौ

आबुँखैरेनी, साउन २१

तनहुँको आँबुखैरेनी अस्पतालमा शल्यक्रिया कक्ष सन्चालन गरिएको छ । उक्त अपरेशन थिएटरको सोमबार विहान स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले उद्घाटन गरे ।

शल्यक्रिया कक्षको शुभारम्भ गर्दै मन्त्री पौडेलले अस्पतालको थप स्तरोन्नति र विकासका लागि संघीय सरकारको सहयोग रहने बताए । तनहुँ जिल्लाका जिपी कोइराला अस्पताल, दमौली अस्पताल तथा पालिकास्तरीय अस्पतालको विकासका लागि म आफुले पहल गर्ने मन्त्री पौडेलले बताए । मन्त्री पौडेलले स्वास्थ्य संस्था सुधारका लागि आफू कार्ययोजनासहित अगाडि बढेको जानकारी बताए ।

सो अवसरमा गन्डकी प्रदेश सभामा सांसद हरिबहादुर चुमानले आवुँखैरेनी अस्पतालको विकासको लागि प्रदेश सरकारको तर्फबाट पनि सहयोग जुटाउने बताए । उनले गाउँपालिकाले पालिकास्तरीय अस्पताल सञ्चालन गरेर यस भेगका जनतालाई दिएको सेवा सकारात्मक रहेको बताए । मन्त्री पौडेलले जनताले सहज रूपमा स्वास्थ्य सेवा पाउने वातावरण सिर्जना गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

अस्पतालका प्रमुख डा.डिबी क्षेत्रीले गण्डकी प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको सहयोगमा शल्यक्रियाकक्षका लागि आवश्यक बत्ती, शैया र इलेक्ट्रोकाउट्री मेसिन प्राप्त भएको जानकारी दिए ।

लामो समयको प्रयासपश्चात् अस्पतालमा अब शल्यक्रिया सेवा सुरु हुने चरणमा पुगेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए । अस्पतालले प्रसूती हर्निया, एपेन्डिक्स, हाइड्रोसिलको शल्यक्रिया सेवा सुरु गर्ने तयारी गरेको छ ।

अस्पतालबाट चौबीसै घण्टा आकस्मिक सेवा, आधारभूत प्रयोगशाला, एक्सरे, भिडियो एक्सरे, इसिजी, फार्मेसीलगायत सेवा प्रदान गरिएको छ । अस्पतालमा एकजना एमडिजीपी, तीन जना मेडिकल अधिकृत र १३ नर्स कार्यरत छन् ।

आँबुखैरेनी–३ मा निजी क्षेत्रबाट सञ्चालित छिम्केश्वरी अस्पताल गत साउन ६ गते आँबुखैरेनी अस्पतालमा समायोजन भएको थियो । सो कार्यक्रममा छिम्केश्वरी अस्पतालका शेयरधनीलाई सम्मान समेत गरिएको थियो ।

वि.सं २०७९ मंसिर १ गतेदेखि आँबुखैरेनी स्वास्थ्य चौकी स्तरोन्नती गरि आबुँखैरेनी अस्पतालको रुपमा सेवा सन्चालन गरिएको थियो । उक्त अस्पतालले आबुँखैरेनी गाउँपालिका मात्र नभएर तनहुँको बन्दीपुर, गोरखाको पालुङटार, सहिद लखन र चितवनको इच्छाकामना गाउँपालिकाका जनतालाई सेवा दिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर गिभर तालिम सम्पन्न

अन्जान परियार । घरिङ, बैशाख २९ घिरिङ गाउँपालिका–१ पुट्टारमा रहेको कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर

घिरिङको कृष्ण माविमा शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण सम्बन्धी कार्यशाला

तनहुँ । बैशाख २९ घिरिङ गाउँपालिका–१ स्थित कृष्ण माध्यमिक विद्यालयमा आधारभूत तहमा अध्यापनरत शिक्षकहरूका लागि

युवा रेडक्रस सर्कल आदिकविद्वारा रक्तदान कार्यक्रम आयोजना, ७८ पिन्ट रगत सङ्कलन

तनहुँ । बैशाख २५ विश्व रेडक्रस दिवसको अवसरमा युवा रेडक्रस सर्कल आदिकवि भानुभक्त क्याम्पसको आयोजनामा

बन्दीपुर अस्पतालमा थप सेवा सञ्चालन, स्वास्थ्य सुविधा मजबुत बन्दै

तनहुँ । बैशाख २५ बन्दीपुर गाउँपालिका द्वारा सन्चालित बन्दीपुर अस्पतालमा पछिल्लो दिनहरुमा बिभिन्न स्वास्थ्य सेवाहरु