दमौली अस्पतालकोे स्तरोन्नती पहिलो प्राथमिकतामा रहेको मन्त्री पौडेलको भनाई

Devghat Online

शेयर गरौ

दमौली, साउन २१

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले दमौली अस्पतालको स्तरोन्नती आफ्नो पहिलो प्राथमिकतामा रहेको बताएका छन् । सोमबार दमौली अस्पतालको निरिक्षण गरेपछि मन्त्री पौडेलले उक्त अस्पताललाई कम्तीमा ५० शैयामा स्तरोन्नती गर्ने प्रतिबद्धता व्यक्त गरे ।

जिल्ला सदरमुकाम दमौलीको अस्पतालको गुणस्तरले समग्र जिल्लाकै स्वास्थ्य अवस्थालाई प्रतिनिधित्व गर्ने भन्दै मन्त्री पौडेलले अस्पतालको स्तरोन्नती पछि आवश्यक जनशक्ति र उपकरणको पनि व्यवस्था मिलाइने बताए ।

स्वास्थ्य संस्था सुधारका लागि आफू कार्ययोजनासहित अगाडि बढेको जानकारी मन्त्री पौडेलले बताए । मन्त्री पौडेलले जनताले सहज रूपमा स्वास्थ्य सेवा पाउने वातावरण सिर्जना गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

सो अवसरमा दमौली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने तथा दमौली अस्पतालका प्रमुख डा.परिवर्तन बरालले अस्पतालको बारेमा मन्त्री पौडेललाई जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बन्दीपुर गाउँपालिकाका सामुदायिक विद्यालयमा प्रधानाध्यापक पदपूर्तिका लागि दरखास्त आह्वान

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिकाले गाउँपालिकाभित्रका ९ वटा सामुदायिक विद्यालयहरूमा रिक्त रहेका प्रधानाध्यापक पदपूर्तिका

कृषि विकास र भेटेरिनरी अस्पतालको बजेट र कार्यक्रम सार्वजनिक, अघिल्लो वर्षको समीक्षा

तनहुँ । साउन २१ कृषि विकास कार्यालय तनहुँ र भेटेरिनरी अस्पताल तनहुँले आर्थिक वर्ष २०८३/०८४

बन्दीपुर गाउँपालिकाका सामुदायिक विद्यालयमा प्रधानाध्यापक पदपूर्तिका लागि दरखास्त आह्वान

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिकाले गाउँपालिकाभित्रका ९ वटा सामुदायिक विद्यालयहरूमा रिक्त रहेका प्रधानाध्यापक पदपूर्तिका