दमौली अस्पतालकोे स्तरोन्नती पहिलो प्राथमिकतामा रहेको मन्त्री पौडेलको भनाई

Devghat Online

शेयर गरौ

दमौली, साउन २१

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले दमौली अस्पतालको स्तरोन्नती आफ्नो पहिलो प्राथमिकतामा रहेको बताएका छन् । सोमबार दमौली अस्पतालको निरिक्षण गरेपछि मन्त्री पौडेलले उक्त अस्पताललाई कम्तीमा ५० शैयामा स्तरोन्नती गर्ने प्रतिबद्धता व्यक्त गरे ।

जिल्ला सदरमुकाम दमौलीको अस्पतालको गुणस्तरले समग्र जिल्लाकै स्वास्थ्य अवस्थालाई प्रतिनिधित्व गर्ने भन्दै मन्त्री पौडेलले अस्पतालको स्तरोन्नती पछि आवश्यक जनशक्ति र उपकरणको पनि व्यवस्था मिलाइने बताए ।

स्वास्थ्य संस्था सुधारका लागि आफू कार्ययोजनासहित अगाडि बढेको जानकारी मन्त्री पौडेलले बताए । मन्त्री पौडेलले जनताले सहज रूपमा स्वास्थ्य सेवा पाउने वातावरण सिर्जना गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

सो अवसरमा दमौली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने तथा दमौली अस्पतालका प्रमुख डा.परिवर्तन बरालले अस्पतालको बारेमा मन्त्री पौडेललाई जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

इप्रका आबुँखैरेनीका प्रहरी निरक्षक सुवेदी फागुन महिनाको उत्कृष्ट प्रहरी

तनहुँ । चैत ३ इलाका प्रहरी कार्यालय आबुँखैरेनीका इन्चार्ज प्रहरी निरिक्षक टेकप्रसाद सुवेदी फागुन महिनाको

स्ववियु निर्वाचनः निर्विरोध घोषणाको माग गर्दै अनेरास्ववियुका उम्मेदवार उच्च अदालतमा

तनहुँ । चैत १ निर्वाचन समितिले त्रिविको निर्वाचन सम्बन्धि निर्देशिका उल्लंघन गरेको आरोप निर्विरोध निर्वाचित

स्ववियु निर्वाचनः भानुभक्त क्याम्पसमा अनेरास्ववियु र अखिल क्रान्तिकारीको गठबन्धन, नेविसंघ एक्लै मैदानमा

तनहुँ । फागुन २९ आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनको लागि शुक्लागण्डकी–५ बेलचौतारास्थित भानुभक्त