एमालेले लियो कार्यकर्ताको परिक्षा

Devghat Online

शेयर गरौ

दमौली, साउन २१

नेकपा एमाले तनहुँले जिल्ला कमिटिका सदस्यहरुको परिक्षा लिएको छ । गत शनिबारबाट दमौलीमा भएको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रममा एमाले केन्द्रिय स्कुल विभागको तर्फबाट जिल्ला कमिटिका सदस्यहरुको लिखित परिक्षा लिइएको हो ।

जिल्ला कमिटिका सदस्यहरु एमालेका नेता भएको हुँदा उनीहरु पार्टीको नीति तथा विचार र संगठन तथा वर्तमान समसामयिक राजनीतिक परिस्थितीको बारेमा जानकार हुनुपर्ने हुँदा त्यसबारेमा जिल्ला कमिटिका सदस्यहरुको ज्ञान र क्षमता मुल्यांकन गर्न लिखित परिक्षा लिईएको केन्द्रीय स्कुल विभागका सदस्य सुन्दर लामिछानेले बताए ।

एक सय अंक पुर्णाङक रहेको उक्त परिक्षामा समाजबाद निर्माणको आधार, पार्टीको संगठनात्मक चुनौती, नेपाली मौलिक क्रान्तिको स्वरुप, जवज भनेको के हो, जवजका विशेषताहरु, माक्र्सबादी दर्शनका नियमहरु, नेपालमा माक्र्सबादको सिर्जनात्मक प्रयोग, लेखा परिक्षणको महत्व, लेखापरिक्षणको प्रावधान, नेपाली समाजको विशेषता, नेपाली समाजको चरित्र, जवजलाई मार्गदर्शन सिद्धान्त स्विकार गरेको समय, जनवादी केन्द्रियताको सिद्धान्त, समाजबाद विकासक्रमको सन्दर्भ, समावेशीताको बैधानिक व्यवस्था लगायतका प्रश्नहरु सोधिएको थियो ।

पार्टीका जिल्ला कमिटिका सदस्यहरु गाउँ तहका नेता भएको हुँदा अव उहाँहरुले गाउँ कमिटि र वडा कमिटिमा प्रशिक्षण कार्यक्रम सन्चालन गर्नु पर्नेर आफै प्रशिक्षक बन्नु पर्ने हुँदा सबै नेताहरु पार्टीको पार्टीको नीति तथा विचार र संगठन तथा वर्तमान समसामयिक राजनीतिक परिस्थितीको बारेमा जानकार हुनुपर्ने जिल्ला कमिटिका अध्यक्ष हरिराज कडेंलले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल

राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउन प्रजिअ तिवारीलाई रास्वपा तनहुँको ध्यानाकर्षण

तनहुँ । साउन २१ राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँमा बिहानैदेखि लाग्ने सर्वसाधारणको अनियन्त्रित

भिमादमा एआई प्रविधिसहितको छाती एक्स–रे शिविर सम्पन्न, २४ जनामा क्षयरोगको लक्षण

तनहुँ । साउन २१ तनहुँको भिमाद नगरपालिकामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित छातीको एक्स–रे परीक्षण