एमालेले लियो कार्यकर्ताको परिक्षा

Devghat Online

शेयर गरौ

दमौली, साउन २१

नेकपा एमाले तनहुँले जिल्ला कमिटिका सदस्यहरुको परिक्षा लिएको छ । गत शनिबारबाट दमौलीमा भएको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रममा एमाले केन्द्रिय स्कुल विभागको तर्फबाट जिल्ला कमिटिका सदस्यहरुको लिखित परिक्षा लिइएको हो ।

जिल्ला कमिटिका सदस्यहरु एमालेका नेता भएको हुँदा उनीहरु पार्टीको नीति तथा विचार र संगठन तथा वर्तमान समसामयिक राजनीतिक परिस्थितीको बारेमा जानकार हुनुपर्ने हुँदा त्यसबारेमा जिल्ला कमिटिका सदस्यहरुको ज्ञान र क्षमता मुल्यांकन गर्न लिखित परिक्षा लिईएको केन्द्रीय स्कुल विभागका सदस्य सुन्दर लामिछानेले बताए ।

एक सय अंक पुर्णाङक रहेको उक्त परिक्षामा समाजबाद निर्माणको आधार, पार्टीको संगठनात्मक चुनौती, नेपाली मौलिक क्रान्तिको स्वरुप, जवज भनेको के हो, जवजका विशेषताहरु, माक्र्सबादी दर्शनका नियमहरु, नेपालमा माक्र्सबादको सिर्जनात्मक प्रयोग, लेखा परिक्षणको महत्व, लेखापरिक्षणको प्रावधान, नेपाली समाजको विशेषता, नेपाली समाजको चरित्र, जवजलाई मार्गदर्शन सिद्धान्त स्विकार गरेको समय, जनवादी केन्द्रियताको सिद्धान्त, समाजबाद विकासक्रमको सन्दर्भ, समावेशीताको बैधानिक व्यवस्था लगायतका प्रश्नहरु सोधिएको थियो ।

पार्टीका जिल्ला कमिटिका सदस्यहरु गाउँ तहका नेता भएको हुँदा अव उहाँहरुले गाउँ कमिटि र वडा कमिटिमा प्रशिक्षण कार्यक्रम सन्चालन गर्नु पर्नेर आफै प्रशिक्षक बन्नु पर्ने हुँदा सबै नेताहरु पार्टीको पार्टीको नीति तथा विचार र संगठन तथा वर्तमान समसामयिक राजनीतिक परिस्थितीको बारेमा जानकार हुनुपर्ने जिल्ला कमिटिका अध्यक्ष हरिराज कडेंलले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आबुँखैरेनीले सामुदायिक तथा सस्थांगत विद्यालयमा निशुल्क भर्ना गर्ने

तनहुँ । चैत ७ आबुँखैरेनी गाउँपालिकाले आगामी शैक्षिक सत्रमा सामुदायिक तथा संस्थागत विद्यालयमा निशुल्क भर्ना

एसइई परिक्षा सुरु

तनहुँ । चैत ७ माध्यमिक शिक्षा परिक्षा (एसइई) विहिबारबाट सुरु भएको छ । परिक्षा बिहान

स्वावलम्बन लघुवित्तले ३६ जना महिला सदस्यलाई दियो बाख्रापालन सम्बन्धी तालिम

तनहुँ । चैत ७ स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड डुम्रे शाखाको आयोजनामा तीन दिने व्यावसायिक

जिल्ला खेलकुद विकास समिति चितवन र पुष्पाञ्जली हस्पिटलबीच खेलाडीको उपचारमा छुटको सम्झौता

देवघाट अनलाइन चितवन, चैत ७ । चितवन जिल्लाका खेलाडी तथा परिवारको उपचार खर्चमा पुष्पाञ्जली हस्पिटलले