वेपत्ता भएको १५ वर्ष पछि पारिवारिक पुर्नमिलन

Devghat Online

शेयर गरौ

दमौली, साउन २१

१५ वर्ष देखी परिवारसँग सम्पर्क विहिन भएकी महोत्तरी जिल्ला मण्ड शिसुवा नपा–९ बस्ने ४४ वर्षिया दौलत देबी शाहको इलाका प्रहरी कार्यालय बन्दिपुरले पुर्नमिलन गराएको छ ।

२०६५ सालमा पति लालबाबु शाहको मृत्य भएपछि दौलतदेवी घरबाट बेपत्ता भएकी थिइन् । यसैक्रममा उनी गत साउन १७ गते बन्दिपुर गाउँपालिका–३ सुखौरामा भेटिएकी थिइन् । सुखौरामा वेवारिसे अवस्थामा फेला पारी बन्दीपुर अस्पतालमा उपचार गराई उनीसँग सोधपुछ गर्दा महोत्तरी घर बताएपछि जिल्ला प्रहरी कार्यालय महोत्तरी र प्रहरी चौकी बथनाह महोत्तरीसँग समन्वय गरि उनले बताए बमोजिमको घर ठेगानामा खोजी कार्य गर्दा उनको पहिचान भएको इप्रका बन्दिपुरले जनाएको छ ।

उनको २ छोरी र १ छोरा रहेको छोरा रोशन शाह भारतको मुम्बईमा रोजगारको सिलसिलामा बैकमा काम गर्ने भन्ने पुष्टि भएपछि छोरालाई सम्पर्क गरि सोमबार छोराको जिम्मा लगाईएको इलाका प्रहरी कार्यालय बन्दिपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आबुँखैरेनीले सामुदायिक तथा सस्थांगत विद्यालयमा निशुल्क भर्ना गर्ने

तनहुँ । चैत ७ आबुँखैरेनी गाउँपालिकाले आगामी शैक्षिक सत्रमा सामुदायिक तथा संस्थागत विद्यालयमा निशुल्क भर्ना

एसइई परिक्षा सुरु

तनहुँ । चैत ७ माध्यमिक शिक्षा परिक्षा (एसइई) विहिबारबाट सुरु भएको छ । परिक्षा बिहान

स्वावलम्बन लघुवित्तले ३६ जना महिला सदस्यलाई दियो बाख्रापालन सम्बन्धी तालिम

तनहुँ । चैत ७ स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड डुम्रे शाखाको आयोजनामा तीन दिने व्यावसायिक

जिल्ला खेलकुद विकास समिति चितवन र पुष्पाञ्जली हस्पिटलबीच खेलाडीको उपचारमा छुटको सम्झौता

देवघाट अनलाइन चितवन, चैत ७ । चितवन जिल्लाका खेलाडी तथा परिवारको उपचार खर्चमा पुष्पाञ्जली हस्पिटलले