दमौली, साउन २४
३० औं विश्व आदिवासी दिवसको अवसरमा शुक्रबार तनहुँका सबै स्थानीय तहले सार्वजानिक बिदा दिएका छन् । सबै स्थानीय तहले विहिबार सुचना प्रकाशन गरि आदिवासी दिवसको अवसरमा अत्यावश्यक बाहेका अन्य सबै सेवामा सार्वजानिक बिदा दिएका हुन् ।
यस पटकको दिवसको मुल नारा ‘संविधानप्रदत्त अधिकार आदिवासीहरूको विशेष क्षेत्र, संरक्षित क्षेत्र र स्वायत्त क्षेत्र कार्यान्वयन गर, प्रदेश र स्थानीय तहको सरकारी कामकाजको भाषामा आदिवासी जनजातिको भाषा लागू गर’ रहेको छ । यो दिवसको अवसरमा आदिवासी जनजाती समुदायले विभिन्न कार्यक्रम गरि मनाउने भएका छन् ।
तनहुँ आदिवासी जनजातीहरुको बाहुल्यता भएको जिल्ला हो, त्यसैकारण पनि सबै स्थानीय तहले बिदा दिएका हुन् । संयुक्त राष्ट्रसंघले अगष्ट ९ तारिखलाई विश्व आदिवासी दिवस मनाउने निर्णय गरेसँगै यो दिवस मनाउन थालिएको हो ।
यो दिवस सन १९९४ मा विश्वभरका आदिवासी जनजाती समुदायको हक अधिकार तथा उनीहरुको आधारभुत मानवअधिकारको संरक्षण र सम्बद्र्धन गर्ने उद्देश्यले मनाउने घोषणा गरेपछि विश्वभर मनाउन थालिएको हो ।