एसइई र कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउने विद्यालयलाई देवघाटको सम्मान

Devghat Online

शेयर गरौ

देवघाट, साउन २४

देवघाट गाउँपालिकाले एसइई र कक्षा १२ को परिक्षामा सामुदायिक विद्यालयहरु मध्ये उत्कृष्ट नतिजा ल्याउने वडा नम्बर ५ स्थित कालिका माविलाई सम्मान गरेको छ ।

शैक्षिक सत्र २०८० को उक्त दबुै परिक्षामा सामुदायिक बिधालयहरुतर्फ उत्कृष्ट नतिजा ल्याएको कालिका माविका कक्षा १० र १२ का शिक्षकहरुलाई विहिबार गाउँपालिकाका अध्यक्ष तिबबहादुर थापा, प्रमुख प्रशासकीय अधिकृत गौरीप्रसाद आचार्य र शिक्षा शाखाका प्रमुख होमनाथ लामिछाने लगायतले सम्मान गरेका थिए ।

कालिका मावि एइई परिक्षाको समग्र नतिजामा गाउँपालिकामा प्रथम तथा छात्राहरु मध्येमा पनि कालिकाकी छात्रा प्रथम भएकी थिइन् । यसैगरि कक्षा १२ को परिक्षामा पनि कालिका मावि देवघाट गाउँपालिका अन्य विद्यालयहरु मध्ये प्रथम भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिन जोशीको रिहाइका लागि आग्रह

काठमाडौं । फागुन २८ प्रधानमन्त्री केपी शर्मा ओलीले इजिप्टका राष्ट्रपति अब्देल फत्ताह सइद हुसैन खालिलसँग