सांसद न्यौपाने आइतबार पाकिस्तान जाने

Devghat Online

शेयर गरौ

काठमाडौं, साउन २६

राष्ट्रिय सभाकी सांसद भगवती न्यौपाने आइतबार पाकिस्तान जाने भएकी छिन् । राष्ट्रिय सभामा सत्तापक्षका मुख्य सचेतक समेत रहेकी न्यौपाने पाकिस्तानको जलवायु परिवर्तन र वातावरणीय समन्वय मन्त्रालय र जनसंख्या र विकासमा संसदीय दलको एशियाली मञ्चले अगष्ट १२ र १३ मा इस्लामाबादमा आयोजना गरेको ‘हरित अर्थतन्त्रका लागि लैङ्गिक सशक्तिकरण’ सम्बन्धी क्षेत्रीय सम्मेलनमा सहभागी हुन पाकिस्तान जान लागेको न्यौपानेको सचिवालयले जनाएको छ ।

उक्त क्षेत्रीय सम्मेलनमा नेपाल सहित एसियाका ४८ देशका संघीय सांसदहरुको सहभागिता रहनेछ । नेपालको तर्फबाट न्यौपानेको सहभागिता रहने बताईको छ । सो सम्मेनलमा सांसद न्यौपानेले नेपालको तर्फबाट ‘हरित अर्थतन्त्रका लागि लैङ्गिक सशक्तिकरण’ विषयमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

समुदायको विकासका लागि महिलाको भूमिका आवश्यक छ र समान, न्यायपूर्ण, समावेशी र दिगो समाज निर्माण गर्न महिला सशक्तिकरणलाई सम्बोधन गर्नु महत्वपुर्ण रहेको हुँदा उक्त बैठकले हरित अर्थतन्त्र निर्माणमा महिलाको भुमिकाको बारेमा छलफल हुने सांसद न्यौपानेले बताइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता