दुइटा बस सडकमा पल्टिँदा १३ जना घाइते

Devghat Online

शेयर गरौ

दमौली, साउन २६

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–३ मिलनचोकमा शनिबार दुईवटा बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । राजमार्गमा गुडिरहेका मिनीबस र माइक्रोबस अनियन्त्रित भई एकै साथ सडकमा पल्टिँदा दुर्घटना भएको हो ।

सवारी दुर्घटनामा परी घाइते भएकाहरूको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको तनहुँका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए । उनका अनुसार करिब एक सय मिटरको दूरीमा दुईवटा बस दुर्घटनामा परेको हुन् । बिहानदेखि सिमसिमे पानी परिरहेकाले बस चिप्लिएर दुर्घटना भएका थिए ।

लमजुङबाट नारायणगढतर्फ जाँदै गरेको ग १ ज ८२९४ नम्बरको विद्युतीय माइक्रोबस र दमौलीबाट मुग्लिनतर्फ जाँदै गरेको बा ४ ख ४४७० नम्बरको मिनीबस अनियन्त्रित भई सडकमा पल्टिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट स्केटपार्कसँग देवघाटधाम जेसीजबीच कर्पोरेट समझदारी, सदस्यहरूलाई खेल शुल्कमा ३५ प्रतिशत छुट

देवघाट । बैशाख १३ देवघाट क्षेत्रको युवामाझ खेलकुद गतिविधिलाई प्रवद्र्धन गर्ने उद्देश्यले देवघाट–५ मा देवघाटका

१० बुँदे प्रस्ताव पारित गर्दै प्रेस चौतारीको केन्द्रीय कमिटी बैठक सम्पन्न

काठमाडौं । बैशाख १३ प्रेस चौतारी नेपालको दशौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको दोस्रो बैठक