देवघाट आएका भक्तजनलाई देवघाटधाम जेसीजद्वारा पानी र मही वितरण

Devghat Online

शेयर गरौ

देवघाट, साउन २८

देवघाटधाममा साउन महिनाको प्रत्येक सोमबार हुने बोलवम मेलामा सहभागी हुन तथा वेणी संगममा स्नान गर्न आएका भक्तजनलाई साउनको अन्तिम सोमबार पनि देवघाटधाम जेसीजले निशुल्क पानी तथा मही वितरण गरेको छ ।

देवघाटधाम जेसीजको संयोजन तथा चितवन र नवलपुरका छिमेकी जेसीज शाखाहरूको संयुक्त आयोजनामा भक्तजनहरुकोलागि निशुल्क पानी तथा मही वितरण गरिएको देवघाटधाम जेसीजका अध्यक्ष रघु मल्लले बताए ।

उक्त कार्यक्रममा महिलाहरुद्वारा सन्चालित देवघाट स्थित चक्रवर्ती सामाजिक महिला उद्यमी सहकारी संस्थाबाट उत्पादित मही साउनको अन्तिम सोमबार करिब ८ हजार भक्तजनलाई निशुल्क रूपमा वितरण गरिएको अध्यक्ष मल्लले जानकारी दिए । उक्त कार्यक्रम गलेश्वर आश्रम स्थित सिद्धेश्वर महादेवको मन्दिर परिसरमा भएको थियो ।

सो कार्यक्रममा गीतानगर जेसीजका अध्यक्ष युवराज अधिकारी, रत्ननगर जेसीजका अध्यक्ष नरहरी पुरी, माडी जेसीजका अध्यक्ष सन्तोष भट्टराई अधिकारी, पर्साखैरहनी जेसीजका अध्यक्ष नारन उप्रेती तथा देवघाटधाम जेसीजका अध्यक्ष रघु मल्ल, महासचिव प्रशन्न ढकाल लगायत बोर्ड तथा सदस्यहरूको उपस्थिति रहेको थियो । देवघाटधाम जेसीजले साउनको यस अघिका सबै सोमबारमा निशुल्क रुपमा पानी र मही वितरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

म्याग्दे गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेट निर्माणमा नागरिकको राय सुझाव संकलन गर्ने

तनहुँ । बैशाख ७ तनहुँको म्याग्दे गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८२/०८३ को नीति तथा कार्यक्रम

गुरुकुल शिक्षा प्रति आकर्षण बढ्दै, देवघाटका गुरुकुलमा चाप थेग्न नसकेपछि प्रवेश परिक्षा

देवघाट । बैशाख ६ देवघाट गाउँपालिका–५ मा सन्चालित महेश संस्कृत गुरुकुलमले आगामी शैक्षिक सत्रकोलागि ३२

लोकप्रिय स्वास्थ्य क्लिनिकमा भएको निशुल्क शिबिरबाट ३४१ सेवाग्राही लाभान्वित

तनहुँ । बैशाख ६ लोकप्रिय स्वास्थ्य क्लिनिक दमौलीको आयोजना र यूआरएलको प्राविधिक सहयोगमा शनिबार भएको

बन्दीपुर केवलकार उद्यमशील पत्रकारिता पुरस्कार भट्टराई, अधिकारी र नेपालीलाई प्रदान

तनहुँ । बैशाख ६ बन्दीपुर केवलकार उद्यमशील पत्रकारिता पुरस्कारबाट प्रकाशचन्द्र भट्टराई, धनपति अधिकारी र सानेबहादुर