देवघाट आएका भक्तजनलाई देवघाटधाम जेसीजद्वारा पानी र मही वितरण

Devghat Online

शेयर गरौ

देवघाट, साउन २८

देवघाटधाममा साउन महिनाको प्रत्येक सोमबार हुने बोलवम मेलामा सहभागी हुन तथा वेणी संगममा स्नान गर्न आएका भक्तजनलाई साउनको अन्तिम सोमबार पनि देवघाटधाम जेसीजले निशुल्क पानी तथा मही वितरण गरेको छ ।

देवघाटधाम जेसीजको संयोजन तथा चितवन र नवलपुरका छिमेकी जेसीज शाखाहरूको संयुक्त आयोजनामा भक्तजनहरुकोलागि निशुल्क पानी तथा मही वितरण गरिएको देवघाटधाम जेसीजका अध्यक्ष रघु मल्लले बताए ।

उक्त कार्यक्रममा महिलाहरुद्वारा सन्चालित देवघाट स्थित चक्रवर्ती सामाजिक महिला उद्यमी सहकारी संस्थाबाट उत्पादित मही साउनको अन्तिम सोमबार करिब ८ हजार भक्तजनलाई निशुल्क रूपमा वितरण गरिएको अध्यक्ष मल्लले जानकारी दिए । उक्त कार्यक्रम गलेश्वर आश्रम स्थित सिद्धेश्वर महादेवको मन्दिर परिसरमा भएको थियो ।

सो कार्यक्रममा गीतानगर जेसीजका अध्यक्ष युवराज अधिकारी, रत्ननगर जेसीजका अध्यक्ष नरहरी पुरी, माडी जेसीजका अध्यक्ष सन्तोष भट्टराई अधिकारी, पर्साखैरहनी जेसीजका अध्यक्ष नारन उप्रेती तथा देवघाटधाम जेसीजका अध्यक्ष रघु मल्ल, महासचिव प्रशन्न ढकाल लगायत बोर्ड तथा सदस्यहरूको उपस्थिति रहेको थियो । देवघाटधाम जेसीजले साउनको यस अघिका सबै सोमबारमा निशुल्क रुपमा पानी र मही वितरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँका वन समुह र व्यक्तिलाई राष्ट्रिय वन पुरस्कार, डिभिजन वन कार्यालय सम्मानित

तनहुँ । साउन २५ वन संरक्षण, व्यवस्थापन र दिगो उपयोगमा उत्कृष्ट योगदान पु¥याएबापत तनहुँका तीनवटा

तनहुँ हाइड्रोको सहयोगमा दीपक माविको नयाँ भवन निर्माण

तनहुँ । साउन २५ तनहुँ जलविद्युत आयोजनाको सामुदायिक विकास कार्यक्रमअन्तर्गत भीमाद नगरपालिका–५, ऋषिङपाटनस्थित दीपक माध्यमिक