४० बर्ष मुनीका प्रभावशाली ४० युवामा आबुँखैरेनीका अध्यक्ष चुमान

Devghat Online

शेयर गरौ

दमौली, साउन २८

४० बर्ष मुनीका ४० प्रभावशाली युवामध्येमा आबुाखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमान छनौट भएका छन् । अनलाइनखबर डटकमले १२ अगष्ट अर्थात् अन्तर्राष्ट्रिय युवा दिवसको सन्दर्भमा सार्वजानिक गरेको नेपालका ‘४० वर्ष मुनिका ४० प्रभावशाली युवा’ को सूचीमा आबुँखैरेनी गाउँपालिकाका अध्यक्ष चुमान पनि छनौट भएका छन् ।

उक्त सुचीमा राजनीति, समाज, कला÷साहित्य, संस्कृति, युवा तथा खेलकुद, ज्ञान विज्ञान, उद्यम व्यवस्था र डायस्पोरा क्षेत्रका प्रतिनिधिमूलक ४० युवाहरु छन् । अन्तिम सूची तयार हुनुअघि अनलाइनखबरले काठमाडौंमा रहेको आफ्नो केन्द्रीय समाचार कक्ष र सातै प्रदेशका ब्युरोहरूबाट सम्भावित व्यक्तिहरूको नामावली सहितको प्रारम्भिक सूची तयार गरेको थियो । यसमा समाचार कक्ष बाहिरका कतिपय विज्ञ र स्रोतहरूबाट समेत सुझाव र सहयोग मागिएको जनाएको छ ।

यसरी तयार भएको १५० माथिको सूचीलाई विभिन्न विधा (राजनीति, समाज, कला÷साहित्य, संस्कृति, युवा तथा खेलकुद, ज्ञान विज्ञान, उद्यम व्यवस्था र डायस्पोरा) र स्पष्ट मापदण्ड तय गरी ८० मा झारिएको तथा अनि तयार भएको ८० जनाको सूचीलाई स्वतन्त्र जुरीसमक्ष प्रस्तुत गरेको अनलाइनखबरले जनाएको छ । १७ र २१ असार २०८१ मा बसेको जुरीको बैठकको निर्णय बमोजिम ४० वर्ष मुनिका ४० युवाको अन्तिम सूची तयार गरिएको अनलाइन खबरको दावी छ ।

अन्तिम नाम छनोट गर्ने जुरीमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिल सिन्हा, संयोजक, पूर्व बैंकर तथा नेपाल प्राइभेट इक्विटी एशोसिएसनका अध्यक्ष सिद्धान्तराज पाण्डे, त्रिभुवन विश्वविद्यालय समाजशास्त्र संकायकी उप–प्राध्यापक नीति अर्याल खनाल र अनलाइनखबरका प्रधानसम्पादक शिव गाउँले सदस्य थिए ।

समाजका विभिन्न क्षेत्रमा प्रभावकारी नतिजा दिएर क्रियाशील भइरहेका युवाको पहिचान तथा उनीहरुको विशिष्ट योगदान र सामाजिक प्रभावलाई मुलुककै उपलब्धिको रूपमा सार्वजनिक अभिलेखमा राख्नु ‘४० प्रभावशाली युवा’ छनोटको उद्देश्य रहेको अनलाइनखबर डटकमका प्रधानसम्पादक शिव गाउँलेले जानकारी दिए ।

४० प्रभावशाली युवा छनोटका लागि विभिन्न मापदण्ड बनाइएको अनलाइन खबरले जनाएको छ । उक्त मापदण्डमा पछिल्ला एक वर्षमा समाज रूपान्तरणका लागि विशिष्ट काम गरेका ४० वर्षभन्दा तलका युवा पहिचान गरिएको । समाजलाई प्रोत्साहन गरिरहेका, आफ्नो कर्म÷सोचद्वारा प्रेरित र तरङ्गित गरिरहेका, जसको कथाले समाजको उल्लेख्य हिस्सालाई ठूलो मात्रामा सकारात्मक प्रभाव पार्न सक्छ, त्यस्ता युवा । कुनै खास क्षेत्रमा उल्लेखनीय काम र निरन्तर संघर्षद्वारा समाज र समुदायमा अद्वितीय÷विशिष्ट योगदानकर्ता युवा । प्रचलित कुरीति र हानिकारक तथा गलत परम्परागत मान्यतालाई चुनौती दिएर समाजलाई लाभ पु¥याएका युवा । समाजमा इन्नोभेटिभ आइडिया दिएका, असल अभ्यासकर्ता जसको योग्य कामले पनि मूलप्रवाहको ध्यानाकर्षण गर्न सकेको छैन, त्यस्ता युवा । नेपाली समाजको विविधता झल्किने, उमेर र भूगोल समेतलाई ख्याल गरेर छनोटमा परेका युवा रहेको अनलाइन खबरले जनाएको छ ।

प्रभावशाली ४० भित्र परेका चुमान तनहुँका १० पालिकामध्ये माओवादीबाट प्रमुख जित्ने एक मात्र व्यक्ति हुन् । गण्डकी प्रदेशका ८५ स्थानीय तहले नै प्रशंसा गर्ने गरी चुमानले काम गरिरहेका छन् । जनताको जीवनलाई केन्द्रमा राख्दै स्वास्थ्य, शिक्षा, पर्यटन र कृषिलाई प्राथमिकतामा राखेर उनी काम गरिरहेका छन् । चुमानले आफू अध्यक्ष भएपछि नै पालिकाको आफ्नै अस्पताल मात्रै चलाएनन्, पालिकास्तरमै डायलाइसिस गर्ने देशभरिकै पहिलो गाउँपालिका बन्यो ।

पृथ्वी राजमार्ग हुँदै आउजाउ गर्ने मानिसहरूले रोकिएर पिसाब फेर्ने र मानिसहरूले दिल बहलाउने ऐना पहरामा चुमानले सिर्जनशील काम गरेर चकित पारिदिएका छन् । विद्यालय मर्ज गरेर टाढाका विद्यार्थीलाई अर्को विद्यालयसम्म पु¥याउन पालिका आफैंले बस चलाए भने ग्रामीण क्षेत्रका विद्यार्थीका लागि जीपको व्यवस्था गरेका छन् ।

सामुदायिक विद्यालय निजीभन्दा कम छैन भन्ने उदाहरण शुक्र नेतृत्वको पालिकाले पेश गरिरहेको छ । सयपत्री फूल पहिलो पटक कतार निर्यात गरेको आँबुखैरेनीले गुजारा चलाइरहेका किसानलाई करेसाबाट व्यावसायिक कृषितर्फ उन्मुख गराइरहेको छ । उनले पालिकामा हाटबजारको सुरुआत गरेका छन् ।

कृषि उत्पादन र पर्यटनलाई जोडेका शुक्रले छिम्केश्वरी, आँधीमुल जस्ता ठाउँलाई चम्काउन जुटिरहेका छन् । मर्स्याङ्दीमा मोटरबोट चलाएर पर्यटकलाई जलविहार गराएर आन्तरिक स्रोत समेत बढाइरहेका छन् । बाँस र फलामको सामग्री उत्पादनलाई औद्योगिक ग्राममा बदल्दै छन् जुन पूर्ण रूपमा सुरु हुँदा कम्तीमा १०० जनाले जागिर पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जैविक पर्यटनको उत्कृष्ट गन्तव्य बन्दै चितीखोला ग्रिन हिमालय फार्मस्टे

दमौली, भदौ ३० भानु नगरपालिका–९ चितीखोलामा सन्चालनमा रहेको ग्रिन हिमालय फार्मस्टे जैविक पर्यटनको उत्कृष्ट गन्तव्यको

‘देवघाटमा क्याम्पस खोल्ने विषयमा सबै क्षेत्र सकारात्मक’

देवघाट, भदौ २९ देवघाट गाउँपालिकामा स्नातक क्याम्पस खोल्ने विषयमा सबै सरोकारवालाहरु सकारात्मक रहेको क्याम्पस स्थापना