देवघाटको घिनाटार–टाउनचोक सडकः बिटुमिन खन्याएर ठेकेदार फेरी वेपत्ता

Devghat Online

शेयर गरौ

देवघाट, साउन २९

देवघाट गाउँपालिका–५ को घिनटार–टाउनचोक–देवपुर सडकमा बिटुमिन (अलकत्रा) खन्याएर ठेकेदार फेरी वेपत्ता भएका छन् । उक्त सडकमा कालोपत्रे गर्न असार अन्तिम साता बिटुमिन खन्याएपछि त्यस यता निर्माण व्यवसायी फर्केर नआएको एक उपभोक्ताले बताए ।

बर्षा सुरु भएपछि कालोपत्रे सुरु गर्न लागिएको भन्दै स्थानीय उपभोक्ताहरुले विरोध गरेका थिए । रिएको छ । असार अन्तिम सातामा वर्षायाम सुरु भएपछि कालोपत्रे गर्न सडकमा खन्याईएको बिटुमिन (अलकत्रा) बगाईसकेको छ ।

निर्माण कम्पनीले सडकमा कालोपत्र गर्नको लागि बिटुमिन विच्छ्याएको थियो । तर अहिलेसम्म उक्त सडकमा कालोपत्रे भएको छैन । उक्त सडक कालोपत्रे गर्ने काम अलपत्र पारी निर्माण व्यवसायी वेपत्ता भएको बारेमा गत जेठ २१ गते सोमबार देवघाट अनलाइनमा समाचार प्रकाशित भएको थियो । सो समाचार प्रकाशित भएपछि निर्माण कम्पनी सम्पर्कमा आई कालोपत्रेको प्रक्रिया अन्तर्गत गिटी र बिटुमिन बिच्छ्याएको थियो ।

निर्माण व्यवसायीको काम जनताको आँखामा छारो हाल्ने मात्र भईरहेको स्थानीय उपभोक्ता गणेश थापाले बताए । ठेकेदार सन्चार माध्यम र उपभोक्ताहरुले दवाव दिएपछि केही दिन आएर काम सुरु गरेजस्तो गर्ने अनि फेरी हराउने गरेको उनको भनाई छ । स्थानीय सरकारले चासो नदिँदा ठेकेदारले मनपरी गर्न पाएको थापाको भनाई छ ।

उक्त सडकको १५ सय मिटर लम्बाई र नाली सहित ११ मिटर चौडाईको उक्त सडक २०८० पुस २१ गतेसम्म नाली निर्माण र कालोपत्रे गर्ने गरि जिएमआर कन्ट्रक्स नेपाल प्रा.लिसँग २०७९ पुस ११ गते सम्झौता भएको थियो ।

उक्त सडक कालोपत्रेको लागि भ्याट रकम सहित ३ करोड ७१ लाख ११ लाख २२५ रुपैयाँमा निर्माण कम्पनीमा सम्झौता भएको थियो । कालोपत्रे गर्न गाउँपालिकाले निर्माण कम्पनीलाई अन्तिम पटक असार मसान्तसम्म म्याद दिएको थियो । तर म्याद अन्तिम पटकको म्याद सकिएको धेरै समय भईसक्दा पनि उक्त सडक अलपत्र नै रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

म्याग्दे गाउँपालिकाको सार्वजानिक सुनुवाई सम्पन्न, म्याग्दे गाउँपालिकालाई समृद्ध र समुन्नत बनाउने गरि काम भईरहेको छः अध्यक्ष श्रेष्ठ

तनहुँ । चैत ११ म्याग्दे गाउँपालिका तनहुँको आयोजनामा चालु आ.व. २०८१÷०८२ को दोश्रो चौमासिकको सार्वजनिक