रोटरी गैंडाकोटको विद्यार्थीलाई शैक्षिक सामग्री वितरण र वृक्षारोपण कार्यक्रम सम्पन्न

Devghat Online

शेयर गरौ

देवघाट अनलाईन

गैंडाकोट, ३० साउन।

गैडाकोट नगरपालिका वडा नं १ स्थित नवदुर्गा आधारभुत बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुका लागि रोटरी क्लब अफ गैडाकोटद्वारा शैक्षिक सामग्री बितरण गरिएको छ । रोटरी क्लब इन्टरनेशनल डिष्ट्रिक ३२९२ का गर्भनर राजेन्द्रमान शेरचनको प्रमुख आतिथ्यतामा मंगलबार शैक्षिक सामग्री बितरण गरिएको हो ।
“आफूभन्दा माथि सेवा” भन्ने मूल नाराका साथ मानवीय सेवामा समर्पित रोटरी क्लब गैडाकोटले आर्थिक रुपमा बिपन्न दलित तथा जनजाती समुदायका अधिक बिद्यार्थी रहेको उक्त बिद्यालयका ७५ जना बिद्यार्थीहरुलाइ उक्त अवसरमा शैक्षिक सामग्रीहरु हस्तान्तण गरेको थियो । गैडाकोट इङ्गलिस स्कुलका प्रिन्सिपल हिरालाल अर्याल र श्रीहरि चालिसे, श्रीयम सप्लायर्सका सञ्चालक श्रीनिबाश पौडेल तथा क्लब अध्यक्ष रमेश काफ्ले लगायतले शैक्षिक सामग्रीहरु हस्तान्तरण गरेका थिए ।


सोही अवसरमा बिद्यालय परिसरमा रोटरियनहरुबाट बिभिन्न फलफूलहरुको १०० बिरुवा रोपी बृक्षारोपण कार्यक्रम समेत सम्पन्न भएको छ । ब्यवस्थापन समिति अध्यक्ष ठाकुर सापकोटाले बिद्यालयको अबस्थाको बारेमा जानकारी गराउनु भएको थियो ।
रोटरी क्लब अफ गैडाकोटको शैक्षिक उन्नयन कार्यक्रम अन्तर्गत गरिएको उक्त कार्यक्रममा रोटरी क्लब अफ गैडाकोटका अध्यक्ष अधिबक्ता रमेश काफ्लेको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष ठाकुर सापकोटा, बिद्यालयका शिक्षक, अभिभावक, बिद्यार्थीहरु तथा रोटरीका पदाधिकारीहरु लगायतको उपस्थिति उपस्थिति रहेको थियो भने शैक्षिक सामग्री हस्तान्तरणमा एसिष्टेन्ट गर्भनर अशोक कुमार बस्नेतको मुख्य सहयोग रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो

देवघाटका मिर्गौला पीडित भुजेलको उपचारका लागि स्वदेश तथा विदेशबाट सहयोग जुट्दै

देवघाट । साउन ३१ आर्थिक अभावका कारण उपचारमा कठिनाइ भोगिरहेका तनहुँको देवघाट गाउँपालिका–५ जलदेवी टोल

देवघाटको गलेश्वर आश्रममा नेपालकै पहिलो लक्षचण्डी विराट् महायज्ञ आयोजना हुने

तनहुँ । साउन ३० पवित्र तीर्थस्थल देवघाटधामस्थित गलेश्वर आश्रम स्थापनाको १०० वर्ष (शतवार्षिकी) पुगेको अवसरमा