मेयर र उपमेयरसँग व्यास नगर साईनिङ स्टारका प्रतिश्पर्धी बालबालिका

Devghat Online

शेयर गरौ

दमौली, साउन ३२

व्यास नगर साईनिङ स्टारका प्रतिश्पर्धीहरुले व्यास नगरपालिकाका मेयर र उपमेयरलाई भेटेका छन् । शुक्रबार मेयर बैकुण्ठ न्यौपानेको कार्यकक्षमा गई साईनिङ स्टारका प्रतिश्पर्धी बालबालिकाहरुले मेयर र उपमेयरलाई भेट गरेका हुन् ।

जेसिआई व्यास नगरद्वारा आयोजित व्यास नगर साईनिङ स्टारको १० औं संस्करणका २० जना प्रतिश्पर्धीहरुले मेयर र उपमेयरसँग भेट गरि व्यास नगरपालिकाको बारेमा जानकारी लिएका थिए । सो अवसरमा जेसिआई व्यास नगरका अध्यक्षका नविन पुरी लगायत केही पुर्व अध्यक्षहरुको पनि सहभागिता रहेको थियो ।

व्यास नगरपालिका भित्रका ९ देखी १५ वर्ष भित्रका बालबालिकाको अन्तरनिहित प्रतिभा प्रस्फुटनकोलागि जेसिआई व्यास नगरले व्यास नगर साईनिङ स्टारको आयोजना गर्दै आईरहेको छ । कुल १०४ बालबालिका मध्ये अडिसनबाट छनौट भएका २० जना बालबालिका मध्येबाट व्यास नगर साईनिङ स्टार छानिनेछन् ।

साईनिङ स्टारको फाईनल आगामी भदौ ८ गते हुने भएको छ । साईनिङ स्टार घोषित हुनेले नगद २५ हजार २४ रुपैयाँ तथा ट्रफी पाउने छन् भने फस्र्ट रनरअपले १५ हजार २४ र सेकेन्ड रनरअपले १० हजार २४ रुपैयाँ र ट्रफी पाउने जेसिआई व्यास नगर–२०२४ का अध्यक्ष नविन पुरीले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जैविक पर्यटनको उत्कृष्ट गन्तव्य बन्दै चितीखोला ग्रिन हिमालय फार्मस्टे

दमौली, भदौ ३० भानु नगरपालिका–९ चितीखोलामा सन्चालनमा रहेको ग्रिन हिमालय फार्मस्टे जैविक पर्यटनको उत्कृष्ट गन्तव्यको

‘देवघाटमा क्याम्पस खोल्ने विषयमा सबै क्षेत्र सकारात्मक’

देवघाट, भदौ २९ देवघाट गाउँपालिकामा स्नातक क्याम्पस खोल्ने विषयमा सबै सरोकारवालाहरु सकारात्मक रहेको क्याम्पस स्थापना