देवघाटमा क्याम्पस सन्चालनको पहल, तिन सदस्यिय सम्भाव्यता अध्ययन समिति गठन

Devghat Online

शेयर गरौ

देवघाट, भदौ १

देवघाट गाउँपालिकामा स्नातक क्याम्पस सन्चालनको पहल थालिएको छ । शिक्षासेवी तथा कालिका मावि व्यवस्थापन समितिका अध्यक्ष डा.सुरेन्द्रप्रसाद श्रेष्ठको पहलमा देवघाट क्षेत्रमा स्नातक अध्ययन गर्ने क्याम्पस सन्चालनको पहल गरिएको हो ।

देवघाटमा स्नातक अध्ययन गराउने क्याम्पस नहुँदा यहाँका विद्यार्थीहरु १२ कक्षा अध्ययन पनि चितवनको भरतपुर, नवलपुरको गैंडाकोट या अन्य शहरहरुमा जानु पर्ने बाध्यता भएको हुँदा क्याम्पस सन्चालनको लागि पहल थालिएको डा. श्रेष्ठले बताए ।
डा. श्रेष्ठको अध्यक्षतामा शुक्रबार कालिका माविमा भएको सरोकारवालाहरुको भेलाले डा. श्रेष्ठको संयोजकत्वमा ३ सदस्यिय क्याम्पस सन्चालन सम्बन्धि सम्भाव्यता अध्ययन समिति गठन गरिएको छ । उक्त समितिमा कालिका माविका शिक्षक शरदचन्द्र खनाल र युवराज साँखी रहेका छन् ।

उक्त कार्यक्रम देवघाट गाउँपालिका अध्यक्ष तिलबहादुर थापाले क्याम्पस सन्चालनकोलागि आवश्यक सहयोग गर्न गाउँपालिका तयार रहेको बताए । उनले पछिल्लो समय देवघाटमा सामाजिक एकतामा कमी आएको र एकले अर्काे पार्टी भन्ने जुन मानसिकता छ यसलाइ अन्त्य गनुपर्ने बताए । देवघाट क्षेत्रमा रहेका सामुदायिक वनहरुबाट क्याम्पस सन्चालनको लागि रकम उठाउन सकिने भन्दै आवशयक परेमा गाउँपालिकाले पनि सहयोग गर्न तयार रहेको अध्यक्ष थापाले बताए ।

वडा नम्बर ५ का अध्यक्ष पुर्णबहादुर कुँवरले पहिला देखि आफुले पनि कलेज खोल्ने चाहाना र पहल गरेको भन्दै आफुले नसकेर त्यसै छाडेको योजनालाई डा.सुरेन्द्रप्रसाद श्रेष्ठले पुनः अगाडी बढाउँदा खुसी लागेको बताए । देवघाटमा क्याम्पस खोल्ने योजनामा आफ्नो तर्फबाट र वडा कार्यालयको तर्फबाट जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको वडा अध्यक्ष कुँवरले बताए । शिक्षामा राजनीतिकरणको अन्त्य गर्ने र सबैको सहयोगमा क्याम्पस सन्चालन गर्नुपर्ने उनको भनाई थियो ।

देवघाट गाउँपालिकाका शिक्षा शाखाका प्रमुख होमनाथ लामिछानेले स्नातक क्याम्पस स्थापना गर्नको लागि एउटा अध्ययन समित गठन गर्नुपर्ने र उक्त समितिले अध्ययन कालिका माविका व्यवस्थापन समितिका पुर्व अध्यक्ष केशवचन्द्र न्यौपानेले देवघाटमा हालसम्म एउटापनि क्याम्पस नहुनु लाजमर्दाे विषय भएको हुँदा अव सबै राजनीतिक दलहरु तथा संघ संस्थाहरुको पहलमा क्याम्पस स्थापनामा लाग्नुपर्ने बताए । त्यस्तै अर्का पुर्व अध्यक्ष बाबुराम पौडेलले हाम्रा छोराछोरी पढ्नको लागि सधै बजार पढाउने हो की आफ्नै ठाउँमा क्याम्प सस्थापना गर्ने हो, त्यसबारेमा आफैले सोच्नु पर्ने बताए ।

उक्त कार्यक्रममा शिक्षासेवी तथा कालिका मावि व्यवस्थापन समितिका अध्यक्ष डा.श्रेष्ठले भने ‘चुनौती आउँछ, चुनौती आएको खण्डमा खुट्टा कमाउन हँुदैन यसको लागि आफुले धेरै अध्ययन गरेर क्याम्पस स्थापना गर्ने प्रस्ताव ल्याएको हुँँ’ उनले भने ‘हिजो म विद्यालयको व्यवस्थापन समिति अध्यक्ष नहुँदा कालिका माविमा विद्यार्थी संख्या निकै कम भएको र अहिले वोर्डिङबाट पनि विद्यार्थी तान्न सफल भएका छौं, म व्यवस्थापन समितिको अध्यक्ष भएपछि विद्यालयमा शिक्षाको लागि धेरै काम गरेको र त्यसको परिणाम एसईई र कक्षा १२ मा देवघाट गाउपालिका भरिनै राम्रो नतिजा र धेरै संख्यामा विद्यार्थी पास भएका छन् ।’ यसैकारण असम्भवलाई सम्भव बनाउँदै, चुनौतीलाइ सामाना गर्दै अगाडि बढ्नुपर्ने श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जैविक पर्यटनको उत्कृष्ट गन्तव्य बन्दै चितीखोला ग्रिन हिमालय फार्मस्टे

दमौली, भदौ ३० भानु नगरपालिका–९ चितीखोलामा सन्चालनमा रहेको ग्रिन हिमालय फार्मस्टे जैविक पर्यटनको उत्कृष्ट गन्तव्यको

‘देवघाटमा क्याम्पस खोल्ने विषयमा सबै क्षेत्र सकारात्मक’

देवघाट, भदौ २९ देवघाट गाउँपालिकामा स्नातक क्याम्पस खोल्ने विषयमा सबै सरोकारवालाहरु सकारात्मक रहेको क्याम्पस स्थापना