पृथ्वीराजमार्ग विस्तारः दमौली बजारमा ६ दिन भित्र सडकको केन्द्रबिन्दु पहिचान गरिने

Devghat Online

शेयर गरौ

दमौली, भदौ २

पृथ्वीराजमार्ग विस्तार अभियानमा अन्तर्गत पुर्वी खण्डको व्यास नगरपालिका वडा नम्बर २, ३ र ४ को बजार क्षेत्रमा ६ दिन भित्रमा सडकको केन्द्रबिन्दु पहिचान गरिने निर्णय भएको छ ।

उक्त योजना अन्तर्गत दमौली बजारमा विद्युत पोल गाड्ने, नाला निर्माण गर्ने कार्य तथा अझै केही घरहरु भत्काउन बाँकी रहेकाले सडकको केन्द्र विन्दुको बारेमा सम्बन्धित वडा अध्यक्ष, नगरपालिकाका प्राविधिक, सडक आयोजना प्रतिनिधी, सुरक्षा निकायका प्रतिनिधी, राजनैतिक दलको प्रतिनिधीको रोहबरमा ६ दिन भित्र सकिने हुँदा सोही नाप अनुसार भत्काउनु पर्ने घर टहरा यथाशिघ्र भत्काउने प्रक्रिया अगाडी बढाउने निर्णय गरिएको छ । सडकको केन्द्रबिन्दु पहिचान गर्न नसक्दा दमौली बजार क्षेत्रमा अधिकांश घर टहरा हटाउन बाँकी नै रहेको छ ।

राष्ट्रिय गौरबको योजनाको रुपमा रहेको पृथ्वीराजमार्गको आबुखैरेनीदेखि पोखरासम्मको राजमार्ग विस्तार योजना अन्तर्गत राजमार्ग निर्माणमा देखिएका समस्याहरुको बारेमा छलफल गर्न आईतबार जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेको संयोजकत्वमा प्रमुख जिल्ला अधिकारी, राष्ट्रिय स्तरका प्रमुख राजनीतिक दलका प्रतिनिधि, सडक आयोजना पुर्वी खण्डका प्रतिनिधि समेतका सरकारवालाहरूको बैठकले सडक केन्द्रविन्दु पहिचान पश्चात हटाउनुपर्ने घरहरु हटाउने निर्णय गरेको हो ।

दमौलीमा केही घरधनीहरुले राजमार्ग क्षेत्रमा पर्ने घर टहरा नहटाउँदा राजमार्ग विस्तारमा अवरोध भईरहेको सन्दर्भमा व्यास नगरपालिकाको समन्वयमा सो छलफल आयोजना भएको थियो । भत्काउनु पर्ने घरहरूको मुआब्जा प्राप्त नभएको गुनासो आएकाले मुआब्जा प्राप्त गर्नुपर्ने घरहरूलाई तत्काल मुआब्जा उपलब्ध गराउने तथा घर भत्काई निर्माण सम्पन्न भएका घरहरूको दोस्रो किस्ता उपलब्ध गराउने बैठकमा निर्णय भएको थियो ।

सडक निर्माण गर्दा क्रशिङको माग ज्यादा भएकाले सुरक्षा र सम्भावनालाई मध्यनजर गरी सो सम्बन्धमा आयोजनाबाट तत्काल निर्णय गर्ने तथा शाखा बाटाहरू र नाला निकासहरूलाई उपभोक्ता र सम्बन्धित वडा अध्यक्ष समेतको रोहबरमा आयोजनाले निर्माणकर्ता सँग समन्वय गरी आवश्यक प्रवन्ध गर्ने गराउने पनि बैठकमा निर्णय भएको थियो । पृथ्र्वी राजमार्ग विस्तार अभियानलाई सहयोग पु¥याउन सम्बन्धित सबै पक्ष प्रतिवद्ध रही सम्पूर्ण सरोकारवालासँग सहयोगका लागि अनुरोध गर्ने निर्णय भएको व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेद्वारा जारी विज्ञप्तिमा जनाईएको छ ।

राजमार्ग निर्माणकार्य सम्पन्न नहुँदा बजार क्षेत्रमा धुलो लगायतका विभिन्न समस्याले मानिसहरू हिडडुल गर्न कठिनाइ भई विद्यालय जाने बालबालिका र व्यवसायमा समेत असर परेको हुँदा उक्त निर्णय कार्यान्वयन गरी सहयोग गर्न सबैमा अनुरोध समेत गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जैविक पर्यटनको उत्कृष्ट गन्तव्य बन्दै चितीखोला ग्रिन हिमालय फार्मस्टे

दमौली, भदौ ३० भानु नगरपालिका–९ चितीखोलामा सन्चालनमा रहेको ग्रिन हिमालय फार्मस्टे जैविक पर्यटनको उत्कृष्ट गन्तव्यको

‘देवघाटमा क्याम्पस खोल्ने विषयमा सबै क्षेत्र सकारात्मक’

देवघाट, भदौ २९ देवघाट गाउँपालिकामा स्नातक क्याम्पस खोल्ने विषयमा सबै सरोकारवालाहरु सकारात्मक रहेको क्याम्पस स्थापना