सोमबार जनै पुर्णिमा

Devghat Online

शेयर गरौ

देवघाट, भदौ २

प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने जनै पूर्णिमा पर्व सोमबार नयाँ जनै फेरेर र रक्षाबन्धन (डोरो) बाँधेर मनाइँदै छ ।
पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ ।

मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरुले यजमानको दाहिने नाडीमा बाँधिदिने गरिन्छ ।

यसै दिन ब्राह्मण, क्षत्री र वैश्य गरी तीन वर्णका तागाधारीले आफ्नो जनै फेर्नुपर्ने विधान शास्त्रमा उल्लेख छ । तागाधारीले पूर्णिमाका दिन बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई स्नान गरी जौ, तिल र कुशद्वारा ऋषिहरुलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै (यज्ञोपवीत) फेर्ने गर्दछन् । वैदिक गुरु परम्पराअनुसार यज्ञोपवीत अर्थात् जनैलाई ब्रह्मसूत्र अथवा ज्ञानको धागो भनिन्छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सोमबार जुनसुकै समयमा सर्वसाधारणले रक्षाबन्धन गर्नसक्ने जनाएको छ । शासन सत्तामा रहेकाहरूलाई भने दिउँसो साढे १ बजेपछि मात्र रक्षाबन्धन गर्न समितिले सुझाव दिएको छ ।

समितिले विज्ञप्ति निकालेर भदौ ३ गते सोमबार पूर्णिमा तिथि ४७ घडी १९ पला रहेको र त्यसदिन दिउँसो १ः३१ बजेसम्म भद्रा परेको जनाएको छ । यो वर्ष भद्रा परेकाले रक्षाबन्धन गर्न नहुने चर्चाबीच समितिले विज्ञप्ति नै निकालेर प्रष्टीकरण दिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अमेरिकामा १३२ वर्षपछि इतिहास दोहो¥याउँदै डोनाल्ड ट्रम्पको सानदार जीत

कार्तिक २१ अमेरिकामा १३२ वर्षपछि इतिहास उल्ट्याउँदै पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प एक कार्यकालको ग्यापमा फेरि

व्यास जन्मभुमीको प्रचारकोलागि दमौलीमा हिन्दु महामिलन पर्व एवं ज्ञान महायज्ञ आयोजना

दमौली, कार्तिक २१ व्यास जन्मभुमि दमौली स्थित व्यास अन्न क्षेत्रमा हिन्दु महामिलन पर्व एवं ज्ञान