थर्पुमा जारी महायज्ञ सोमबार समापन हुने, आईतबारसम्म ४८ लाख संकलन

Devghat Online

शेयर गरौ

दमौली, भदौ २

म्याग्दे गाउँपालिका–४, थर्पुबजारमा गत आइतबारदेखि सुरु भएको श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ सोमबार समापन हुने भएको छ । थर्पु बजारमा रहेको सिद्धेश्वर शिवपार्वती मन्दिर प्राङ्गण परिसरमा शिवजीको त्रिशुल सहित विशाल मूर्ती स्थापना गर्ने तथा मन्दिरको सर्वाङ्गिण भौतिक पूर्वाधार विकास निमार्ण सहयोगार्थ महायज्ञ आयोजना गरिएको कार्यक्रम मुल समारोह समिति संयोजक चित्र बहादुर शाहीले बताए ।

उक्त महायज्ञमा शिरोमणी पन्डित दिपक पौडेलले संगीतमय श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ, शिवमहापुराण वाचन गरेका छन् । महायज्ञमा वृहत धार्मिक श्रावण मेला एवम् बोलवम महोत्सव समेत आयोजना भएको मन्दिर उपभोक्ता समितिका सचिव केशबहादुर कुमालले बताए ।

महायज्ञमा हरेक दिनमा बिहान ६ बजेदेखि ९ बजेसम्म श्रीमद्भागवत सतचण्डी, वेदपाठ, रूद्राभिषेक ( रूद्री पाठ ) सहस्र् जलधार, वेलपत्र अर्पण, ग्रहशान्ति पुजा, चौरासी पुजा, अन्नदान, भुमिदान, ब्राह्मण भोजन सहित पितृको फोटो राखी पितृ तर्पण तुलादान, विवाह, व्रतवन्ध, गुन्युचोली सहित आरती अर्पण गर्दै धार्मिक सम्बन्धि सम्पुर्ण कार्य सञ्चालन गरिएको छ ।

महायज्ञमा आइतबारसम्म ४८ लाख ६० हजार ८४८ रुपैयाँ संकलन भएको मुल समारोह समितिका संयोजक शाहीले बताए । महायज्ञमा आईतबार सबैभन्दा धेरै म्याग्दे ४ निवासी डबलसिंह राना र अमृत रानाबाट १ लाख १ हजार १५५ रुपैयाँ दान सहयोग भएको थियो । आइतबारको कार्यक्रममा म्याग्दे गाउँपालिका १ का वडा अध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता मणिभद्र वाग्ले प्रमुख अतिथी रहेका थिए । दानदाताहरुलाई प्रमुख अतिथी वाग्लेले प्रशंसा पत्र प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

इप्रका आबुँखैरेनीका प्रहरी निरक्षक सुवेदी फागुन महिनाको उत्कृष्ट प्रहरी

तनहुँ । चैत ३ इलाका प्रहरी कार्यालय आबुँखैरेनीका इन्चार्ज प्रहरी निरिक्षक टेकप्रसाद सुवेदी फागुन महिनाको

स्ववियु निर्वाचनः निर्विरोध घोषणाको माग गर्दै अनेरास्ववियुका उम्मेदवार उच्च अदालतमा

तनहुँ । चैत १ निर्वाचन समितिले त्रिविको निर्वाचन सम्बन्धि निर्देशिका उल्लंघन गरेको आरोप निर्विरोध निर्वाचित

स्ववियु निर्वाचनः भानुभक्त क्याम्पसमा अनेरास्ववियु र अखिल क्रान्तिकारीको गठबन्धन, नेविसंघ एक्लै मैदानमा

तनहुँ । फागुन २९ आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनको लागि शुक्लागण्डकी–५ बेलचौतारास्थित भानुभक्त