सहकारीको रकम अपचलनः रविसँग ७ गते बयान लिइने

Devghat Online

शेयर गरौ

काठमाडौं, भदौ ३

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले आगामी भदौ ७ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग बयान लिने भएको छ।

पोखराको सूर्यदर्शन सहकारी, बुटवलको सुप्रिम सहकारी र चितवनको सहारा सहकारीबाट गोर्खा मिडियामार्फत रकम अपचलन गरेको आरोप लामिछानेमाथि छ। यी लगायत देशभरका समस्याग्रस्त झण्डै १ सय सहकारीका सञ्चालक र सेयर सदस्यहरूसँग समितिले बयान लिइरहेको छ।

समितिका सभापति सूर्य थापाका अनुसार, बयान लिने क्रम अन्तिम चरणमा पुगेको र अब प्रतिवेदन लेखनमा केन्द्रीत हुनेछ।

समितिका एक सदस्यका अनुसार, आगामी भदौ ७ गते लामिछानेसहित गोरखा मिडियामै आवद्ध अर्का एकजनाको बयान लिइनेछ।

‘लगभग सोधपुछको अन्तिम चरणमा पुगिएको छ,’ ती सदस्यले नेपालखबरसँग भने, ‘आगामी ७ गते रवि लामिछाने र छविलाल जोशी बञ्जाडेसँग बयान लिने तयारी छ।’

बञ्जाडे ग्यालेक्सी टेलिभिजनका सञ्चालक गितेन्द्रबाबु राई (जीबी) का व्यापारिक साझेदार हुन्। उनले टेलिभिजन स्थापना हुँदादेखि नै राईसँग जोडिएर काम गरेका थिए।

समितिका ती सदस्यले दिएको जानकारी अनुसार, सभापति लामिछाने लगायतले विभिन्न सहकारीबाट रकम ल्याएर अपचलन गरिएको देखिएको छ।

‘सामान्यतयाः सूर्यर्दशन, सुप्रिम र साहराबाट गोर्खा मिडियाको नाममा पैसा गएको प्रष्ट देखिन्छ,’ ती सदस्यले भने, ‘समितिले प्रतिवेदन नबनाइ यसबारे धेरै कुरा टिप्पणी नगरौँ होला।’ पर्याप्त प्रमाण जुटाउनेगरी समितिले काम गरिरहेको उनले बताए।

समितिले आइतबार रास्वपाका सहमहामन्त्री विपिन आचार्यसँग बयान लिएको थियो। सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडियामा जाँदा आचार्यको तर्फबाट गएकोबारे समितिले उनीसँग सोधपुछ गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भरतपुरको कमलादेवी मन्दिरमा शिव, पार्वतीको प्राणप्रतिष्ठा एवं पुजन महोत्सव हुने

चितवन, फागुन ३ भरतपुर मनपा–११ स्थित कमलादेवी मन्दिर प्राकृतिक आरोग्य केन्द्रमा यही फागुन ५ गतेदेखी

उपप्रधानमन्त्री पौडेल र नगर प्रमुख आचार्यलाई उच्च निगरानीमा उपचार गर्नुपर्छः कीर्तिपुर अस्पताल

काठमाडौं, फागुन ३ कीर्तिपुर अस्पतालले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा नगरका प्रमुख धनराज

सरकारले ल्याएको अध्यादेश पारित हुन्छः सञ्चारमन्त्री

काठमाडौं, फागुन ३ सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारले ल्याएका अध्यादेशहरू पारित हुने

मोटरसाइकल दुर्घटना हुँदा त्रिशूलीमा बेपत्ता भएका रोहित अझै भेटिएनन्

चितवन, फागुन ३ शुक्रबार नारायणगढ–मुग्लिङ सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा त्रिशूलीमा बेपत्ता भएका रोहित राना अहिलेसम्म