ब्राह्मण समाजद्वारा रक्षा बन्धन

Devghat Online

शेयर गरौ

दमौली, भदौ ३

ब्राह्मण समाज नेपाल जिल्ला कार्यसमितिद्वारा आयोजित रक्षा बन्धनमा १९९ जनाले रक्षा सुत्र (जनै) बाँधेका छन् । धर्म संस्कृति र संस्कारको जोगर्ना गर्न गराउन एवं जातीय सद्भाव कायम गर्नका लागि समाजले विगतका वर्षहरू जस्तै यस वर्ष पनि दमौलीको अनसन चौतारीमा रक्षा बन्धनको कार्यक्रम आयोजना गरेको थियो ।

सो अवसरमा ब्राह्मण समाज नेपाल जिल्ला कार्यसमिति तनहुँका अध्यक्ष कृष्णचन्द्र पाण्डे, समाजका कोषाध्यक्ष गङ्गाप्रसाद पोख्रेल, पराशर आश्रमका गुरु र बटुकहरुले रक्षा सुत्र लगाईदिएका थिए । उक्त कार्यक्रममा बिभिन्न जातजातिका मानिसहरुको सहभागिता रहेको ब्राह्मण समाज तनहुँका अध्यक्ष पाण्डेले जानकारी दिए ।

कैदीबन्दीलाई रक्षा बन्धन

तनहुँ कारागारका कैदीबन्दीलाई रक्षा बन्धन लगाएका छन् । बह्माकुमारी ईश्वरीय विश्वविद्यालय नेपाल शाखा कार्यालय दमौलीले कारागारका कैदी बन्दीहरुलाई रक्षा बन्धन लगाइदिएका हुन् ।

दमौली शाखा सञ्चालिका बह्माकुमारी यमुनालगायतले सोमबार बिहान ९ बजेदेखि कैदी बन्दीलाई रक्षा बन्धन गरेका थिए । कारागारका महिला र पुरुष दुवैलाई रक्षा बन्धन गरिएको तनहुँ कारागारका निमित्त प्रमुख नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

अधिकारीका अनुसार तनहुँ कारागारमा २७ महिला र बाँकी पुरुष गरी तीन सय २६ जना कैदीबन्दी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर गिभर तालिम सम्पन्न

अन्जान परियार । घरिङ, बैशाख २९ घिरिङ गाउँपालिका–१ पुट्टारमा रहेको कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर

घिरिङको कृष्ण माविमा शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण सम्बन्धी कार्यशाला

तनहुँ । बैशाख २९ घिरिङ गाउँपालिका–१ स्थित कृष्ण माध्यमिक विद्यालयमा आधारभूत तहमा अध्यापनरत शिक्षकहरूका लागि

युवा रेडक्रस सर्कल आदिकविद्वारा रक्तदान कार्यक्रम आयोजना, ७८ पिन्ट रगत सङ्कलन

तनहुँ । बैशाख २५ विश्व रेडक्रस दिवसको अवसरमा युवा रेडक्रस सर्कल आदिकवि भानुभक्त क्याम्पसको आयोजनामा

बन्दीपुर अस्पतालमा थप सेवा सञ्चालन, स्वास्थ्य सुविधा मजबुत बन्दै

तनहुँ । बैशाख २५ बन्दीपुर गाउँपालिका द्वारा सन्चालित बन्दीपुर अस्पतालमा पछिल्लो दिनहरुमा बिभिन्न स्वास्थ्य सेवाहरु