प्रथम वडा अध्यक्ष कप व्याडमिन्टनको उपाधी शर्मा र गुरुङलाई

Devghat Online

शेयर गरौ

दमौली, भदौ ३

स्वास्थ्यका लागी खेलकुद, राष्ट्रका लागी खेलकुद भन्ने नाराका साथ व्यास युवा क्लवको आयोजनामा शुरु भएको व्यास–४, प्रथम वडा अध्यक्ष कप २०८१ को खुल्ला व्याडमिन्टन प्रतियोगिताको वी लेवल को खेलमा चितवनका सागर शर्मा र निशान गुरुङ्गले पहिलो स्थान हासिल गरेका छन् ।

प्रतिष्पर्धी टिम विपिन घले र विमल कुमाल व्यास–४ को टोलीलाई फाईनल खेलमा हराउदै सागर र निशानको टिमले प्रथम स्थान हासिल गरेको हो । खेलमा पोर्ट वहादुर शारु र विश्वास विकले तृतीय भएका छन् भने सफल भुजेल र आश्विन मगर पनि तृतीय भएका छन् ।

जितसँगै प्रथम हुने टिमले ३० हजार नगद राशी सहित ट्रफी र सम्मान पत्र प्राप्त गरको छन् भने दोश्रो हुनेले १५ हजार र शान्त्वना हुनेले ५÷५ हजार नगद सहित सम्मान पत्र र ट्रफी प्राप्त गरेका छन् ।

यसैगरि खुल्ला व्याडमिनटन प्रतियोगितको डी लेवलको खेलमा झापुटारका सविर सारु र अमर थापाले प्रथम स्थान हात पारेका छन् भने व्यास ५ चापाघाटका राजकुमार मानन्धर र विनोद श्रेष्ठले दोश्रो स्थान हात पारेका छन् भने राजु गुरुङ्ग र विक्रम दरैको टोली तृतिय भएका छन भने सर्जन थापा र समिर अधिकारीको टोलीले पनि तृतीय स्थान हासिल गरेका छन् ।

डी लेवलको प्रथम हुनेले २० हजार, दोश्रो हुनेले १० हजार र शान्त्वना हुनेलाई ३ हजार ५ सय का साथै मेडल र सम्मान पत्रद्वारा पुरस्कृत गरिएको थियो । युवाहरुलाई खेलकुदमा अभिप्रेरित गर्ने, भएको प्रतिभालाई उजागर गर्ने उद्येश्य अनुरुप खुल्ला व्याडमिन्टन प्रतियोगिता गरिएको व्यास युवा क्लवका अध्यक्ष मिन वहादुर गुरुङ्गले वताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो