थर्पुमा भएको महायज्ञमा ५४ लाख संकलन

Devghat Online

शेयर गरौ

दमौली, भदौ ३

म्याग्दे गाउँपालिका–४, थर्पुबजारमा भएको महायज्ञमा ५४ लाख रुपैयाँ संकलन भएको छ । गत साताको आइतबारदेखि भएको श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ सोमबार समापन भएको छ । महायज्ञमा कुल ५४ लाख ६९ हजार ९११ रुपैयाँ संकलन भएको थियो । महायज्ञको अन्तिम दिन सोमबार ५ लाख ३५ हजार संकलन भएको थियो ।

थर्पु बजारमा रहेको सिद्धेश्वर शिवपार्वती मन्दिर प्राङ्गण परिसरमा शिवजीको त्रिशुल सहित विशाल मूर्ती स्थापना गर्ने तथा मन्दिरको सर्वाङ्गिण भौतिक पूर्वाधार विकास निमार्ण सहयोगार्थ महायज्ञ आयोजना गरिएको कार्यक्रम मुल समारोह समिति संयोजक चित्र बहादुर शाहीले बताए ।

उक्त महायज्ञमा शिरोमणी पन्डित दिपक पौडेलले संगीतमय श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ, शिवमहापुराण वाचन गरेका थिए । महायज्ञमा वृहत धार्मिक श्रावण मेला एवम् बोलवम महोत्सव समेत आयोजना भएको मन्दिर उपभोक्ता समितिका सचिव केशबहादुर कुमालले बताए ।

महायज्ञ समापन कार्यक्रमको प्रमुख अतिथी म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरे रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जैविक पर्यटनको उत्कृष्ट गन्तव्य बन्दै चितीखोला ग्रिन हिमालय फार्मस्टे

दमौली, भदौ ३० भानु नगरपालिका–९ चितीखोलामा सन्चालनमा रहेको ग्रिन हिमालय फार्मस्टे जैविक पर्यटनको उत्कृष्ट गन्तव्यको

‘देवघाटमा क्याम्पस खोल्ने विषयमा सबै क्षेत्र सकारात्मक’

देवघाट, भदौ २९ देवघाट गाउँपालिकामा स्नातक क्याम्पस खोल्ने विषयमा सबै सरोकारवालाहरु सकारात्मक रहेको क्याम्पस स्थापना