देवघाटमा पनि डेंगु संक्रमण, ३ जनामा डेंगु पुष्टि

Devghat Online

शेयर गरौ

देवघाट, भदौ ५

देवघाट गाउँपालिकामा ३ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । केही दिन अघि गरिएको परिक्षणमा ३ जनामा डेंगु संक्रमण पुष्टि भएको हो । देवघाट धर्मार्थ अस्पतालमा गरिएको परिक्षणमा १ जना र अन्य २ जनाको भने देवघाटकै नीजि क्लिनिकमा परिक्षण गरिएको देवघाट गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रदिप बुढाथोकीले जानकारी दिए ।

यस बाहेक कोही बिरामीले भरतपुर र गैंडाकोटको स्वास्थ्य संस्थामा परिक्षण गरेर डेंगु संक्रमण देखिएमा भने त्यसको तथ्यांक गाउँपालिकामा नहुने बुढाथोकीले बताए । स्वास्थ्य शाखा प्रमुख बुढाथोकीको भनाई अनुसार देवघाटमा उक्त ३ जना बाहेक अन्यमा पनि डेंगु सक्रमण हुन सक्ने देखिन्छ ।

यसैविच देवघाट गाउँपालिकाले डेंगुको निशुल्क परिक्षण गर्ने जनाएको छ । बुधबार सुचना प्रकाशन गरि देवघाटले गाउँपालिका अन्तर्गत डेंगु रोगको प्रकोप बढेको कारणले जनसमुदायमा उत्पन्न भएको संकटको समयमै आवश्यक स्वास्थ्य सेवाको पहुँच सम्पूर्ण नागरिकमा पु¥याउने उद्धेश्यका साथ डेंगु रोगको प्रारम्भिक लक्षणहरु देखा परेका सम्पूर्ण व्यक्तिहरुलाई चिकित्सक तथा स्वास्थ्यकर्मीको सल्लाह बमोजिम देवघाट धर्मार्थ अस्पतालको प्रयोगशाला र छिपछिपे स्वास्थ्य चौकीको प्रयोगशालाबाट ¥यापिड डाइग्नोस्टिक टेस्ट विधिद्वारा निशुल्क डेंगु परीक्षण गरिने हुँदा सम्पूर्ण सर्वसाधारणहरुलाई जानकारी गराएको छ ।

डेंगु रोगबाट बच्नको लागि पुरा बाहुला भएका लुगा लगाउने, झुल भित्र मात्र सुत्ने, घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने, घर, कार्यालय, विद्यालय वा सार्वजनिक क्षेत्रमा पानी जम्न नदिने, खाल्डाखुल्डी पुर्ने र खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने, गमलाको प्लेट, फूल दानी, कुलर आदिको पानी कम्तीमा हप्ताको एक पटक फेर्ने गर्नुपर्ने देवघाट गाउँपालिकाले सुचित गराएको छ ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्दप्रसाद पौडेलद्वारा जारी सुचनामा डेंगु रोग लाग्न नदिन पानी जम्मा गर्ने भाडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोप्ने तथा साँझ र बिहान करेसाबारीमा जाँदा, घर बाहिर टहलिँदा, धार्मिक स्थल, पार्क तथा विभिन्न सार्वजनिक स्थलहरुमा जाँदा वा बालबालिकालाई लैजाँदा लामखुट्टेले नटोकोस् भनेर विशेष सावधानी अपनाउनुपर्ने जनाईएको छ ।

डेंगु सम्बन्धि कुनै लक्षण देखापरेमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा जानुपर्ने र चिकित्सकको सल्लाहा अनुसार औषधी सेवन र वा उपचारको प्रक्रिया थाल्नुपर्ने स्वास्थ्य शाखा प्रमुख बुढाथोकीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँमा राष्ट्रिय आर्थिक गणना २०८२ सम्पन्न, १७ हजार ९४८ प्रतिष्ठानको तथ्याङ्क संकलन

तनहुँ । असार ९ राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर सञ्चालन गरेको राष्ट्रिय आर्थिक गणना २०८२ को

सिद्ध गुफाः “पृथ्वीको गर्भभित्र लुकेको स्वर्ग, जहाँ प्रकृतिले हजारौँ वर्ष लगाएर लेखेको छ अद्भुत इतिहास”

विष्णु मगर । देवघाट, असार ९ तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–४, विमलनगरमा अवस्थित सिद्ध गुफा नेपालकै

सिटिजन्स बैंक लि.को सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय आविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

देवघाट । असार ८ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नारायणगढ शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चितवनको