पर्यटकीय गन्तव्य बन्दै ऐनापहरा झरना

Devghat Online

शेयर गरौ

दमौली, भदौ ६

पृथ्वीराजमार्गमा पर्ने आबुखैरेनी गाउँपालिकाको ऐनापहरा झरना पछिल्लो समय पर्यटकीय गन्तव्य बन्दै गईरहेको छ । पछिल्ला दिनमा यहाँ आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ । यहाँको प्राकृतिक पहरामा कला भरेर गाउँपालिकाले पर्यटकलाई आकर्षित गरेको छ । आबुँखैरेनी गाउँपालिकाको वडा नम्बर २ र ४ को सिमानामा पर्ने ऐना पहरा झरनामा गाउँपालिकाले पर्यटकीय पुर्वाधार निर्माण गरेर आकर्षक बनाएको छ ।

आकर्षक झरना, त्यसले फाल्ने चिसो हावा र बग्दै मस्र्याङ्दीमा झर्ने खोला, झरनासँगै रहेको बडेमानको ढुंगालाई खोपेर बनाइएको हात्ती, आमा–शिशुको मातृत्व झल्किने चित्र, ढुङ्गामाथी रोकिएको भगवान बुद्धको चित्र, हरियाली, चीनको ग्रेटवालकै झल्को दिने गरी बनाइएको झरनासम्म पुग्ने बाटो र पार्क तथा फूलले मनमोहक बनेको ऐना पहरामा अचेल पर्यटकको मेला नै लाग्ने गरेको छ ।

बिदाको दिनमा २ हजार भन्दा बढि र अन्य दिनमा हजार जनासम्म पर्यकटकहरु ऐनापहरामा टिकट काटेर अवलोकन गर्नेगर्छन् । त्यसबाहेक टिकट नकाटिकन राजमार्गको डिलमा बसेर फोटो लिने र झरनाको दृश्य हेर्नेहरुको संख्या त्यसको तेब्बर भन्दा बढि हुन्छ ।

ऐनापहरा पहाडलाई नै कलामा बदल्ने काम भइरहेको आबुँखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमानले बताए । प्राकृतिक रुपमै गणेशको जस्तो आकृति थियो, त्यसलाई कला भरेर गणेशको बनाइएको उनले बताए । यस्तै गाउँपालिकाले आधुनिक कलाका रुपमा ऐना पहरामै आमाले छोरालाई ममता प्रकट गरिरहेको र परीको चित्र खोपिएको छ । त्यहाँ पुगेका पर्यटकहरू प्रकृति र कलाको सामिप्य महशुस गर्दै आनन्दित हुन पाउनेछन् ।

यसबाहेक गाउँपालिकाले ऐना पहरा झरनासम्म जानका लागि आवश्यक पूर्वाधार तयार पारिरहेको छ । जसमा झरनासम्म पुग्नका लागि सिँढी बनाउने काम भएको छ भने पर्यटकको सहजताका लागि शौचालय, टिकट काउन्टर लगायत पुर्वाधार निर्माण पनि गरिएको छ ।

पोखरातिरबाट पृथ्वी राजमार्ग हुँदै जाँदा मुग्लिन नपुग्दै आँबुखैरेनी बजारबाट एक किलोमिटरको दूरीमा छ, ऐना पहरा । तनहुँकै अग्लो पर्वत शृंखला छिम्केश्वरीको फेदीबाट बग्दै आउने सिउदी खोला अन्तिम विन्दु ऐना पहरा झरनासँगै पालिकाले बनाएको आकृति देशकै चर्चाको विषय बन्न पुगेको छ भने त्यहाँका तस्वीर सामाजिक सञ्जालमा समेत भाइरल बन्दै आएका छन् ।

पृथ्वी राजमार्ग भएर यात्रा गर्ने हजारौँ यात्रुलाई त्यहाँ बसेर मनोरम झरनामा मज्जा लिने वातावरण मिलाउन गाउँपालिकाले गरेको हो । झरनासम्म पुग्न नेपालीलाई ५० रुपैयाँको टिकट लिएर प्रवेश गराउने योजना बनाएको छ । त्यसले गाउँपालिकाको आन्तरिक आम्दानी पनि बढाएको छ ।

गाउँपालिकाले ऐनापहराको पुर्ण विकासका लागि करिब पाँच वर्ष नै लाग्ने अनुमान गरेको छ । योजनालाई पूर्ण सम्पन्न गर्नका लागि प्रदेश र संघ सरकारसँग समेत गाउँपालिकाले सहयोग मागेको अध्यक्ष बताउँछन् ।

लोकवाणी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जैविक पर्यटनको उत्कृष्ट गन्तव्य बन्दै चितीखोला ग्रिन हिमालय फार्मस्टे

दमौली, भदौ ३० भानु नगरपालिका–९ चितीखोलामा सन्चालनमा रहेको ग्रिन हिमालय फार्मस्टे जैविक पर्यटनको उत्कृष्ट गन्तव्यको

‘देवघाटमा क्याम्पस खोल्ने विषयमा सबै क्षेत्र सकारात्मक’

देवघाट, भदौ २९ देवघाट गाउँपालिकामा स्नातक क्याम्पस खोल्ने विषयमा सबै सरोकारवालाहरु सकारात्मक रहेको क्याम्पस स्थापना