२४ घन्टापछि एकतर्फी सुचारु भयो पृथ्वीराजमार्ग

Devghat Online

शेयर गरौ

दमौली, भदौ ६

पृथ्वीराजमार्ग अन्तर्गत व्यास नपा–१२ घाँसिकुवामा बुधबार साँझ खसेको पहिरो बिहिबार साँझबाट हटाईसकिएको छ । पहिरो विहिबार बिहानबाट हटाउन सुरु गरिएकोमा साँझ ६ बजे पहिरो हटाईसकेर सवारी एकतर्फीरुपमा सन्चालन गरिएको थियो ।

बुधबार साँझ खसेको ठुलो पहिरोले पृथ्वीराजमार्गको डुम्रे–दमौली खन्ड पुर्णरुपमा अवरुद्ध भएको थियो । डाँडो खसेर चार लेनको सडक छोपेर पहिरो बुल्दीखोलासम्म पुगेको थियो । उक्त पहिरो हटाउन कालिभन्जन गण (इ) का नेपाली सेनाहरु तथा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी हटाईएको थियो । मुग्लिन–पोखरा सडक आयोजनाको जेसिभि र टिप्परले दिनभर लगाएर पहिरो हटाएका थिए ।

मुख्य राजमार्गमा पहिरो खसेपछि घाँसिकुवा, पोल्याङ, रानीगाउँ–हुँदै तालघरेको बैकल्पिक सडक प्रयोग गरिएको थियो । तर उक्त कच्ची सडकमा ठुला सवारी चलाएपछि ठुला सवारी साधन फँसेर विहिबार दिनभर उक्त बैकल्पिक सडकमा पनि यातयात ठप्प भएको थियो । विमलनगरबाट मुग्लिन–पोखरा आयोजनाको जेसिभी ल्याएर फसेका सवारी निकालिएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय तनहुँले विहिबार विहान सुचना प्रकाशन गरि पहिरोको कारण राजमार्ग अवरुद्ध भएको हुँदा बैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले