आँबुखैरेनी दुर्घटनाः १४ जनाको शव निकालियो, घाइतेलाई उपचारकोलागि काठमाडौं लगियो

Devghat Online

शेयर गरौ

दमौली, भदौ ७

पृथ्वीराजमार्ग अन्तर्गत आबुँखैरेनी गाउँपालिका–२ को ऐनापहरामा शुक्रबार दिउँसो भएको दुर्घटनामा १४ जनाको मृत्यु भएको छ ।

पोखराबाट काठमाडौं तर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस मस्र्याङदी नदीमा खसेको थियो ।

सशस्त्र प्रहरी बल (एपीएफ) प्रवक्ता कुमार न्यौपानेले १४ जनाको शव निकालिएको जानकारी दिए।

भीर भएका कारण तुइन रोपको सहायताले बास्केट स्टेचरमा राखेर घाइते र मृतकलाई सडकसम्म ल्याउने काम भइरहेको एपीएफले जनाएको छ। उद्धारमा १० गोताखोरसहित सशस्त्र प्रहरीको ८० जनाको टोली खटिएको छ। प्रहरी पनि उद्धारमा खटिएको छ।

बस सडकभन्दा करिब एक सय ५० मिटर तल मर्स्याङ्दी नदीमा खसेको थियो। बस अझै पनि पानीमै छ।

प्रारम्भिक रूपमा बसमा ३५ जना भएको जानकारी पाइएको छ। १५ जनालाई घाइते अवस्थामा निकालिएको बुझिएको छ। प्रारम्भिक जानकारीअनुसार ६ जना नदीमा बेपत्ता छन्।
घाइतेहरुलाई उपचारकोलागि नेपाली सेनाको हेलिकप्टरले काठमाडौं लगेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जैविक पर्यटनको उत्कृष्ट गन्तव्य बन्दै चितीखोला ग्रिन हिमालय फार्मस्टे

दमौली, भदौ ३० भानु नगरपालिका–९ चितीखोलामा सन्चालनमा रहेको ग्रिन हिमालय फार्मस्टे जैविक पर्यटनको उत्कृष्ट गन्तव्यको

‘देवघाटमा क्याम्पस खोल्ने विषयमा सबै क्षेत्र सकारात्मक’

देवघाट, भदौ २९ देवघाट गाउँपालिकामा स्नातक क्याम्पस खोल्ने विषयमा सबै सरोकारवालाहरु सकारात्मक रहेको क्याम्पस स्थापना