भारतको इलाहबादबाट तिर्थयात्री लिएर आएको थियो आबुँखैरेनी स्थित मस्र्याङदी नदीमा खसेको बस

Devghat Online

शेयर गरौ

दमौली, भदौ ७

तनहुँको आँबुखैरेनीस्थित ऐना पहारामा नजिक मस्र्याङदी नदीमा खसेको भारतीय नम्बरको यात्रुवाहक बस भारतको इलाहबादबाट तिर्थयात्री लिएर आएको बुझिएको छ । यूपी ५३ एफटी ७६२३ नम्बरको भारतीय बस रुपन्देहीको बेलहिया (भैरहवा) नाकाबाट भित्रिएको खुलेको छ ।

भैरहवा भन्सार कार्यालयको सूचना प्रविधि शाखाका अनुसार यूपी ५३ एफटी ७६२३ नम्बर प्लेटको भारतीय बस गत भदौ ४ गते आठ दिनको भन्सार प्रक्रिया पूरा गरी बेलहिया नाकाबाट नेपालमा भित्रिएको थियो । उक्त बस भदौ ११ गते फर्किने तालिका थियो ।

उनीहरू भारतको इलाहबादबाट बसमा सवार भएर चित्रकुट धामको दर्शन गरी गोरखपुर हुँदै नेपाल भित्रिएका थिए । ११० जना पर्यटकहरूको नेपाल भ्रमणका लागि केसरवानी ट्राभल्सबाट तीन वटा बस बुक गरिएको थियो । जसमध्ये ४५ सिट संख्या रहेको उक्त एउटा बसको दुर्घटना भएको हो ।

भारतीय पर्यटकहरू भारतको इलाहबादबाट बसमा सवार भएर चित्रकुट धामको दर्शन गरी गोरखपुर हुँदै नेपाल भित्रिएका थिए । शुक्रबार पोखराबाट काठमाडौंका लागि छुटेको उक्त वस शुक्रवार दिउँसो आबुँखैरेनी गाउँपालिका–२ ऐनापहरा स्थित मस्र्याङ्दी नदीमा खसको थियो । सो दुर्घटनामा १४ जनाको शव निकालिएको जनाईएको छ । वसमा ४० जना सवार थिए ।

उक्त बसका घाइतेहरुको उद्दारका लागि नेपाली सेनाको हेलिकप्टर पठाइएको छ । नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी गौरव कुमार केसीले सेनाको हेलिकप्टर दुर्घटनास्थल नजिक ल्याण्ड भइसकेको बताए । उनका अनुसार मेडिकल टिमसहितको टोली पठाइएको छ । गभीर घाइतेहरुलाई हेलिकप्टरमाफर्त काठमाडौं ल्याएर थप उपचारको व्यवस्था मिलाइने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

म्याग्दे गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेट निर्माणमा नागरिकको राय सुझाव संकलन गर्ने

तनहुँ । बैशाख ७ तनहुँको म्याग्दे गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८२/०८३ को नीति तथा कार्यक्रम

गुरुकुल शिक्षा प्रति आकर्षण बढ्दै, देवघाटका गुरुकुलमा चाप थेग्न नसकेपछि प्रवेश परिक्षा

देवघाट । बैशाख ६ देवघाट गाउँपालिका–५ मा सन्चालित महेश संस्कृत गुरुकुलमले आगामी शैक्षिक सत्रकोलागि ३२

लोकप्रिय स्वास्थ्य क्लिनिकमा भएको निशुल्क शिबिरबाट ३४१ सेवाग्राही लाभान्वित

तनहुँ । बैशाख ६ लोकप्रिय स्वास्थ्य क्लिनिक दमौलीको आयोजना र यूआरएलको प्राविधिक सहयोगमा शनिबार भएको

बन्दीपुर केवलकार उद्यमशील पत्रकारिता पुरस्कार भट्टराई, अधिकारी र नेपालीलाई प्रदान

तनहुँ । बैशाख ६ बन्दीपुर केवलकार उद्यमशील पत्रकारिता पुरस्कारबाट प्रकाशचन्द्र भट्टराई, धनपति अधिकारी र सानेबहादुर